
काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको भाउ भने उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको छ। अघिल्लो दिन यही सुन ३ लाख १५ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।
केही साता अघि माघ १५ गते सुनको मूल्य ३ लाख ३९ हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको थियो। त्यसयता बजारमा उतारचढाव देखिँदै आएको छ।
यता चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।