News Portal

ललितपुरका लागि इसेवामा दुई पदमा रोजगारी खुला

१७७ पटक

काठमाडौं, फागुन १४ – डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरस्थित आफ्नो कार्यालयका लागि दुई फरक पदमा कर्मचारी माग गरेको छ। कम्पनीले डेटा एनालिस्ट र इभेन्ट को-अर्डिनेटर पदमा आवेदन आह्वान गरेको हो।

डेटा एनालिस्ट पदका लागि कम्प्युटर विज्ञान, तथ्यांक, गणित वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै डेटा विश्लेषण, बीआई विश्लेषण वा सोही प्रकृतिको काममा कम्तीमा ३ देखि ४ वर्षसम्मको अनुभव आवश्यक रहेको जनाएको छ।

यस्तै, इभेन्ट को-अर्डिनेटरका लागि व्यवस्थापन, व्यवसाय प्रशासन, मार्केटिङ, कार्यक्रम व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। कार्यक्रम सञ्चालन तथा समन्वय क्षेत्रमा कम्तीमा २ वर्षको कार्यअनुभव अनिवार्य गरिएको छ।

योग्य र इच्छुक उम्मेदवारले चैत १७ गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...