News Portal

समाचारबारे हिमाली सञ्चारको औपचारिक स्पष्टीकरण

१०३ पटक

काठमाडौं । अनलाइन मिडिया हिमाली संचार डट कमले यसअघि प्रकाशित दुई समाचारसम्बन्धी खण्डन सार्वजनिक गरेको छ।

हिमाली संचारडट कमबाट मिति २०८२ माघ ८ गते “झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक” तथा मिति २०८२ माघ १८ गते “गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन” शीर्षकमा समाचार प्रकाशित भएका थिए।

उक्त समाचारप्रति आपत्ति जनाउँदै उत्तम कटुवालले आफ्नो लिखित खण्डन हिमाली सञ्चारमा पठाएका थिए। सोही खण्डनलाई प्रकाशन गर्दै सञ्चारगृहले सम्बन्धित समाचारमा आफ्नो नाम किटान गरी तस्करी गराएको वा अवैध असुली गरेको आरोप नलगाइएको स्पष्ट पारेको छ।

सञ्चारगृहका अनुसार सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी, मुख्य तथा साना नाकाबाट हुने अवैध गतिविधि तथा स्थानीय तहमा खटिने विभिन्न निकायबीच समन्वय अभाव वा मिलेमतोका कारण राजस्व संकलन प्रभावित भएको सन्दर्भमा प्राप्त सामग्रीका आधारमा समाचार तयार गरिएको थियो।

साथै, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयको निर्देशन र प्रहरी परिचालनसम्बन्धी विषय समग्र सन्दर्भमा उल्लेख गरिएको भए पनि कुनै व्यक्तिविशेषलाई लक्षित गरी मानहानि, चरित्रहत्या वा मानसिक दबाब सिर्जना गर्ने मनसाय नरहेको पनि स्पष्ट पारिएको छ।

प्रकाशित सामग्रीका कारण कसैको मान–मर्यादा, इज्जत वा प्रतिष्ठामा ठेस पुगेको हुन सक्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै हिमाली सञ्चारले त्यसप्रति दुःख व्यक्त गरेको छ। आगामी दिनमा पत्रकारिताको धर्म, मर्म र आचारसंहिता पालना गर्दै निष्पक्ष, सन्तुलित र दुईपक्षीय आधारमा समाचार सम्प्रेषण गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

सञ्चारगृहले गैरकानुनी गतिविधिविरुद्ध खबरदारी गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै भविष्यमा अझ जिम्मेवार, तथ्यपरक र उत्तरदायी पत्रकारितामा केन्द्रित रहने जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...