News Portal

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

४९ पटक

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने बताएका छन्। झापा–५ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनाव स्थगित गराउन विभिन्न प्रयास भइरहेको दाबी गरे।

उनका अनुसार राज्यको अर्बौं रकम खर्च भइसकेको अवस्थामा निर्वाचन टार्ने कुरा उचित नहुने बताए। एमाले चुनावी तयारीमा केन्द्रित भइसकेको उल्लेख गर्दै उनले कार्यकर्तालाई अन्योलमा नपरी विजयको तयारीमा लाग्न आग्रह गरे।

ओलीले पछिल्लो समय केही राजनीतिक शक्तिहरूले हारको आकलन गरेपछि वातावरण बिथोल्न खोजेको आरोप लगाए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित टिप्पणी गर्दै झण्डा जलाउने र उत्तेजक गतिविधि गर्ने प्रवृत्तिले चुनावी माहोल धमिल्याउने प्रयास भएको बताए।

रौतहटसहितका केही स्थानमा देखिएका घटनालाई उनले सामाजिक सद्भाव विथोल्ने प्रयासका रूपमा व्याख्या गरे। यस्ता गतिविधि नेपाली समाजका लागि स्वीकार्य नहुने उनको भनाइ थियो।

संविधान संशोधनका विषयमा बोल्दै अध्यक्ष ओलीले उपयुक्त समय आएपछि आवश्यक सुधार गरिने स्पष्ट पारे। अहिले भने चुनावमा केन्द्रित हुनुपर्ने उनको जोड थियो।

एमाले सधैं जनतासँगै रहेको पार्टी भएको उल्लेख गर्दै उनले जनतामाझ जान कुनै कठिनाइ नरहेको दाबी गरे।

प्रतिकृया दिनुहोस्

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...

गौरमा बढ्दो तनाव नियन्त्रणका लागि २३ जना पक्राउ, कर्फ्यु जारी

रौतहट, १० फागुन – गौर नगरपालिकामा दुई समुदायबीच देखिएको तनाव नियन्त्रणमा लिन प्रहरीले २३ जनालाई...

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...