News Portal

गौरमा बढ्दो तनाव नियन्त्रणका लागि २३ जना पक्राउ, कर्फ्यु जारी

५१ पटक

रौतहट, १० फागुन – गौर नगरपालिकामा दुई समुदायबीच देखिएको तनाव नियन्त्रणमा लिन प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ। साम्प्रदायिक सद्भाव भंग गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा सबगढाका वडा अध्यक्ष अवध बिहारी यादव र पूर्व वडा अध्यक्ष शेख जमशेदसहित अन्य व्यक्तिहरूलाई पक्राउ गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार स्थिति संवेदनशील बनेपछि सुरक्षाकर्मीहरू उच्च सतर्कतामा परिचालित छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालले पक्राउ परेकामाथि कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए।

गत बिहीबार साँझदेखि सुरु भएको विवाद शनिबार थप चर्किएपछि दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। हालसम्म कर्फ्यु यथावत रहेको छ।

सुरक्षाको दृष्टिले गौर नगरक्षेत्रमा आठ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि खटाइएको छ। प्रशासनले पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा कर्फ्यु लागू गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...

गौरमा बढ्दो तनाव नियन्त्रणका लागि २३ जना पक्राउ, कर्फ्यु जारी

रौतहट, १० फागुन – गौर नगरपालिकामा दुई समुदायबीच देखिएको तनाव नियन्त्रणमा लिन प्रहरीले २३ जनालाई...

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...