News Portal

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

१५० पटक

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को सूर्य चिन्ह अंकित झण्डा जलाएको घटनाले स्थानीय राजनीतिक वृत्त तातिएको छ। बिहीबार राति बजार क्षेत्रमा भएको उक्त घटनापछि दलहरूबीच आरोप–प्रत्यारोप सुरु भएको छ।

एमालेले झण्डा दहनप्रति आपत्ति जनाउँदै यसलाई असहिष्णु र गैरलोकतान्त्रिक गतिविधि भनेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै झण्डा जलाइनु स्वस्थ राजनीतिक संस्कार विपरीत भएको प्रतिक्रिया दिइएको छ।

एमाले दाङका जिल्ला अध्यक्ष शिवकुमार आचार्यले जारी गरेको वक्तव्यमा असहमति राख्ने अधिकार सबैलाई भए पनि त्यसलाई अभिव्यक्त गर्ने तरिका मर्यादित हुनुपर्ने उल्लेख छ। उनले विचार र कार्यक्रमको आधारमा प्रतिस्पर्धा गर्नुपर्ने लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने काम कसैले नगर्न आग्रह गरेका छन्।

घटनापछि तुलसीपुरमा सुरक्षा सतर्कता बढाइएको जनाइएको छ। राजनीतिक दलहरूले समर्थकलाई संयम अपनाउन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...