News Portal

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

१५६ पटक

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं लाई चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

हिमाली संचारका अनुसार सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। उनमाथि सार्वजनिक शान्ति भंग गर्ने कसुरमा थप अनुसन्धान गर्ने उद्देश्यले हिरासतमा राख्ने निर्णय गरिएको हो।

प्रसाईंले २१ फागुनमा कुनै हालतमा निर्वाचन नहुने भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका थिए। निर्वाचनको मिति घोषणा भएयता उनी तीन पटक पक्राउ परिसकेका छन्। यसअघि वीरगञ्ज जाने क्रममा चाल्नाखेलबाट र त्यसअघि पोखराबाट पनि उनी नियन्त्रणमा लिइएका थिए।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...