News Portal

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

१९१ पटक

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाउने निर्णय सिंगो पार्टीको सहमतिमा गरिएको बताएका छन्।

मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट सुरु भएको परिवर्तनको आवाजलाई नीतिगत निर्णयमा रूपान्तरण गर्न सोवितालाई उम्मेदवार बनाइएको स्पष्ट पारे। उनले चितवनले शान्तिपूर्ण ढंगले परिवर्तनको संकेत दिएको उल्लेख गर्दै त्यसलाई अझ सशक्त सन्देशका रूपमा अघि बढाउन यो कदम चालिएको बताए।

उनले सोविता गौतमलाई नयाँ पुस्ताका लागि प्रेरणा दिने साहसी महिला नेतृका रूपमा चित्रित गर्दै देशका विभिन्न क्षेत्रबाट उठाउन सकिने सम्भावना हुँदाहुँदै चितवन रोज्नुको कारण यहाँबाट विशेष सन्देश दिन चाहनु रहेको बताए।

सम्बोधनका क्रममा लामिछानेले मतलाई परिणाममा बदल्ने समय आएको उल्लेख गर्दै विगतमा आफूलाई साथ दिएकोप्रति आभार व्यक्त गरे। सत्य र इमानका आधारमा सक्षम प्रतिनिधिहरू संसद्मा पठाउने प्रतिबद्धता पनि उनले दोहोर्‍याए।

उनका अनुसार आगामी निर्वाचनले केवल सरकार परिवर्तन मात्र होइन, देश र जनताको पक्षमा स्पष्ट परिणाम दिनुपर्ने अपेक्षा रहेको छ।

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...