News Portal

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

४१ पटक

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं विरुद्ध प्रहरीले म्याद थपको प्रक्रिया अघि बढाएको छ।

हिमाली संचारका अनुसार, सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। उनीमाथि निर्वाचन नहुने भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिई अफवाह फैलाएको आरोप छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने तयारी भइरहेको छ।

निर्वाचनको मिति घोषणा भएयता प्रसाईं तीन पटक पक्राउ परिसकेका छन्। यसअघि वीरगञ्ज जाने क्रममा चाल्नाखेलबाट र त्यसअघि पोखराबाट पनि उनी नियन्त्रणमा लिइएका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...