News Portal

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

२१६ पटक

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष कुलमान घिसिङले सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिने उद्देश्यले तयार पारिएको घोषणापत्रको जानकारी दिएका छन्।

घोषणापत्रअनुसार प्रतिनिधि सभा सदस्य संख्या २७५ बाट घटाएर २०१ बनाउने योजना रहेको छ। प्रदेश सभाको सदस्य संख्या पनि ५५० बाट घटाएर ३३० कायम गरिनेछ। यसले राज्यको आर्थिक भार घटाउने लक्ष्य राखेको छ।

प्रदेश सरकारको स्थायित्व सुनिश्चित गर्न मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था राखिएको छ। संघीय सरकारमा अधिकतम १५ र प्रदेश सरकारमा ७ सदस्य मात्रै हुने गरी मन्त्रालयको संख्या सीमित गरिनेछ। साथै, राज्यमन्त्री र सहायकमन्त्री नराख्ने प्रतिवद्धता पनि घोषणापत्रमा समावेश गरिएको छ।

अर्थतन्त्र मजबुत बनाउन र रोजगारी सिर्जना गर्न स्वदेशी पुँजी परिचालनमा जोड दिने नीति पनि पार्टीले अघि सारेको छ। अध्यक्ष घिसिङले सरकार गठनपछि हरेक वर्ष आफ्नो प्रतिवद्धता कार्यान्वयनको प्रगति सार्वजनिक गरिने बताए।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...