News Portal

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

५१ पटक

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्तिले नेपाली कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, आरजु राणा देउवा, महेश बस्नेत र विनोद चौधरीसहित १३ नेताको नाम र तस्बिर वेबसाइटमा राखेको पाइएको छ।

अध्यागमन विभागका अनुसार उनी ‘आवर डाइनामिक टिम’ र ‘निकलेज इडीयू एनपी’ नामक वेबसाइटमार्फत प्रचार गर्दै आएका थिए। कलेजले विभिन्न अध्ययन कार्यक्रमको दाबी गरेको भए पनि आधिकारिक प्रमाणपत्र देखाउन सकेको थिएन।

पक्राउ परेका अमेरिकी नागरिक २०१४ देखि नेपाल भिजिट गर्दै आएका थिए र यस अवधिमा ५० भन्दा बढी पटक नेपाल आएका प्रमाण भेटिएको छ। उनी पर्यटक, व्यवसायिक र वर्किङ भिसामा नेपाल भित्रिएका थिए। विभागले उनी नेपालमा कम्पनी दर्ता गरी व्यवसायिक गतिविधिमा संलग्न भएको पनि पुष्टि गरेको छ।

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...