News Portal

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

४२ पटक

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा प्रहरी परिचालन अझै रोकिएको छैन । खुला नेपाल–भारत सीमा क्षेत्र, सीमावर्ती नाका तथा तस्करी संवेदनशील क्षेत्रलाई केन्द्र बनाएर घुमुवा प्रहरी परिचालन गर्दै अवैध असुली भइरहेको जनगुनासो छ ।
मन्त्रालयले विगत केही वर्षदेखि सादा पोसाकमा सुरक्षाकर्मी परिचालनलाई पूर्ण रूपमा बन्देज लगाएको छ । त्यस अनुसार नेपाल प्रहरी प्रधान कार्यालयले पनि सुधार अभियानअन्तर्गत देशभर वर्षौंदेखि एउटै स्थानमा बसेर ‘असुली नेटवर्क’ सञ्चालन गरिरहेका घुमुवा प्रहरीलाई कारबाही र सरुवाको प्रक्रिया अघि बढाएको थियो । सो अभियानका क्रममा पछिल्लो समय देशभरका सयौं बढी घुमुवा प्रहरी कारबाहीमा परेका थिए भने धेरैलाई काठमाडौँ तानिएको छ ।तर, ती सबै प्रयासका बाबजुद झापा जिल्लामा भने जिल्ला प्रहरी कार्यालयदेखि मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र सीमाप्रहरी युनिटसम्म सादा पोसाकका घुमुवा प्रहरी व्यापक रूपमा परिचालित भइरहेको आरोप छ । झापा भारतीय सीमावर्ती नाका तथा खुला सीमा क्षेत्रबाट भन्सार छलेर हुने तस्करी बढिरहेका बेला सो क्षेत्रमै घुमुवा प्रहरी सक्रिय रहेको जनगुनासोहरू सार्वजनिक भइरहेका छन् । विशेषगरी झापा जिल्ला बाहिर वा प्रदेश बाहिर दरबन्दी भएर पनि लामो समयदेखि घुमुवाकै रूपमा कार्यरत प्रहरीहरू रहेको आरोप छ । उनीहरू व्यक्तिगत फाइदामात्र नभई कार्यरत युनिट र माथिल्लो निकायसम्म ‘हिस्सा’ पु¥याउने गरी असुली गर्दै आएको जनगुनासो घटना व्याप्त छ ।
जिल्ला प्रहरी कार्यालय झापामा साहयक हवल्दार मोती थेवे, बरिष्ठ हवल्दार सन्तोष राई, साहयक हवल्दार उत्तम कटुवाल र जवान राज फागो घुमुवाको रुपमा रहेका छन् । इलाका प्रहरी कार्यालय कांकरभिट्टामा साहयक हवल्दार रमेश लुइंटेल , धुलाबारी इलाकामा साहयक हवल्दार पुष्प बांस्कोटा ,चारआली चौकीमा साहयक हवल्दार पविन्द्र तुम्बाहाम्फे , वडा प्रहरी कार्यालय भद्रपुरमा युवराज श्रेष्ठ र तामिन्द्र मगर , इप्रका बिर्तामोडमा साहयक हवल्दारद्धय डम्बर दाहाल र भिम अधिकारी , इलाका प्रहरी कार्यालय दमकमा साहयक हवल्दार टिका दाहाल र हवल्दार राजकुमार श्रेष्ठ
इप्रका सुरुगांमा साहयक हवल्दार सन्तोष महत्तो, झिलझिलेमा साहयक हवल्दार मनिष लिम्बु, गौरीगंजमा हवल्दारद्धय डिकबहादुर कार्की र शंकर यादव घुमुवाको रुपमा कार्यरत छन् । त्यस्तै अन्य चौकी र इप्रकामा पनि घुमुवा खटिएका छन् । आपराधिक सूचना सङ्कलन र फरार अपराधी पक्राउ गर्ने नाममा परिचालित उनीहरूले जिल्ला तहका लागि विभिन्न तस्कर तथा अवैध गतिविधिमा संलग्न पक्षबाट रकम असुली गर्ने गरेको बताइन्छ ।वडा प्रहरी कार्यालय भद्रपुरमा लामो समयदेखि कार्यरत युवराज श्रेष्ठले तस्कर समुहसंग मिलेर असुली धन्दा चलाइरहेको आरोप छ । त्यस्तै इप्रका बिर्तामोडमा साहयक हवल्दारद्धय डम्बर दाहाल र भिम अधिकारीले पनि यौनजन्यहोटल डान्सबार, पोके ब्यापारी, मेला, जुवातासबाट असुली धन्दा चलाइरहेका छन् ।

उनीहरुलाई डिएसपी बिजय श्रेष्ठको प्रत्यक्ष संरक्षणमा गलत काममा लगाइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । साता अघि झापाको कमाण्ड समाहाल्न आएकी एसपी बसुन्धरा खड्काले चोरी तस्करीमा कडाई गर्ने र गलत गर्ने आफ्ना कर्मचारीलाई कारवाही गर्ने पत्रकार सम्मेलनमा दाबी गरेकी थिइन । तर नियम बिपरित घुमुवा परिचालन गरेर आफ्नै मातहतका इप्रका र चौकीले असुली धन्दा चलाइरहेको भए पनि प्रहरी माैन ।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...