
काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ । पछिल्ला दिनहरूमा लगातार बढिरहेको सुनको भाउ बिहीबार एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले उकालो लाग्दै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको थियो भने मंगलबार ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको छ ।
सुनसँगै चाँदीको भाउ पनि बढेको छ । बुधबार चाँदी प्रतितोला २ सय ५ रुपैयाँले वृद्धि भएर ७ हजार ५ सय ५ रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा पनि चाँदीमा उल्लेख्य वृद्धि देखिएको थियो ।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आन्तरिक माग बढ्दै जाँदा नेपाली बजारमा सुनचाँदीको मूल्यले दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको व्यवसायीहरू बताउँछन् ।