News Portal

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

४९ पटक

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले बताए अनुसार यो कदम देशभित्रको सम्बन्ध अझ प्रगाढ बनाउन र मधेसका नागरिकका समस्यासँग प्रत्यक्ष जुध्नको लागि हो।

थापाले भिडियो सन्देशमार्फत भने, “देश जोड्न म मधेस जाँदैछु। काठमाडौंका कथा मधेससम्म पुर्‍याउन र मधेसका कथा काठमाडौंसम्म ल्याउन चाहन्छु। म यहाँको माटोलाई ढोग्न र जनताको पीडासँग बुझ्न तयार छु।”

उनले आफू काठमाडौंमा हुर्किए पनि पहाडको मान्छे भएको स्मरण गर्दै, मधेससँगको सम्बन्ध मजबुत बनाउन यो कदम उठाएको बताए। साथै, काठमाडौँ क्षेत्र नं. ४ का मतदाताप्रति आभार व्यक्त गर्दै उनले भने, “यहाँको मायाप्रति सधैं ऋणी रहनेछु। तपाईंहरूको शुभेच्छा लिएर आज सर्लाहीको यात्रा सुरु गरेको छु।”

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...