
काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर फेला परेका छन्। ट्राफिक प्रहरीले ती सवारी साधन सम्बन्धित मालिकहरूलाई हस्तान्तरण गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्की र ट्राफिक कार्यालय प्रमुख नवराज अधिकारीले संयुक्त रूपमा २३ वटा मोटरसाइकल र २७ वटा स्कुटर मालिकहरूलाई फिर्ता दिएका हुन्।
प्रहरीका अनुसार सवारी साधन चोरी वा हराउनबाट जोगिनका लागि ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक जस्ता सुरक्षा उपकरण प्रयोग गर्नुपर्ने, सुरक्षित र धेरै मानिसहरू नजाने स्थानमा पार्किङ गर्नुपर्ने सल्लाह दिइएको छ।