News Portal

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

२२० पटक

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु भएको छ। माघ ११ गतेसम्म चल्ने यो महोत्सवलाई शिक्षा, समाजसेवा र स्थानीय अर्थतन्त्रसँग जोडेर अघि बढाइएको आयोजकले जनाएको छ।

क्लबका अध्यक्ष लोकबहादुर थापाका अनुसार महोत्सवबाट उठ्ने आम्दानी पोखरा–२७ अर्चलेमा निर्माण हुँदै गरेको आवासीय छात्रावासका लागि प्रयोग गरिनेछ। गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क आवाससहित अध्ययनको सुविधा दिने उद्देश्यले यो छात्रावास बनाइँदैछ। योजना अनुसार कुल २० कोठाको भवन बन्नेछ, जसअन्तर्गत हालसम्म तीन कोठा तयार भइसकेका छन्।

क्लबका महासचिव तथा महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले महोत्सवपछि बाँकी कोठाको निर्माण अघि बढाइ आगामी शैक्षिक सत्रदेखि छात्रावास सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए। साथै महोत्सवको टिकट बिक्रीबाट प्रति टिकट एक रुपैयाँ सेती नदी संरक्षणका लागि छुट्याइने कार्यक्रमलाई पनि निरन्तरता दिइएको उनले बताए।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका उद्योग, व्यापार, कृषि उत्पादन, हस्तकला, पर्यटन सेवा र नयाँ प्रविधिसम्बन्धी स्टलहरू राखिएका छन्। यसले स्थानीय उद्यमीलाई आफ्ना उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसर दिने तथा बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

महोत्सवलाई सफल बनाउन निकालिएको प्रचार र्यालीमा तल्लो नयाँगाउँ टोल विकास संस्था, जन जागृति आमा समुह, श्री हिमाल आमा समुह, श्री मिजुरेडाँडा गहते गुरुङ समाज कास्की, हस्पिटलचोक टोल विकास संस्था, तनहुँ तमु समाज बागलुङ, नारायणस्थान पोखरा सम्पर्क समाजलगायत विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो। आयोजकका अनुसार यसले महोत्सवप्रति आम नागरिकको चासो र उत्साह बढाएको छ।

महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम, लोकनृत्य, लाइभ संगीत, विद्यालयस्तरीय प्रतियोगिता, ठेलो र टिकटक प्रतियोगिताजस्ता गतिविधि पनि आयोजना गरिनेछन्। सुरक्षादेखि पार्किङ, सरसफाइ र दर्शक सुविधासम्मका विषयमा आवश्यक व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...