News Portal

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

५४ पटक

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले जरा गाड्न थालेको भन्दै त्यसले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने खतरा रहेको बताएका छन्। पार्टीको विशेष महाधिवेशनमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा उनले विश्वव्यापी रूपमा देखिएको यो प्रवृत्ति अब नेपालमा पनि स्पष्ट देखिन थालेको उल्लेख गरेका छन्।

प्रतिवेदनमा लोकतन्त्र कुनै चमत्कारबाट स्थापित नहुने, बरु संस्था, प्रणाली र विधिबाट बलियो हुने स्पष्ट गरिएको छ। केही पात्र र समूहले लोकतान्त्रिक संस्थालाई कमजोर बनाउँदै सजिलो समाधानको भ्रम फैलाइरहेको भन्दै यसले उदार लोकतन्त्र र बहुलवादी मूल्यमा चोट पुर्‍याउने चेतावनी दिइएको छ।

गगनले सरकार र राजनीतिक दलहरू जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन्। संस्थाहरू सक्षम र प्रभावकारी भए मात्र पद्धति मजबुत हुने र त्यसैबाट लोकतान्त्रिक प्रणाली टिक्ने उनको धारणा छ। लोकतन्त्र शासनको शैली मात्र नभई नागरिकको जीवनशैली पनि भएको प्रतिवेदनमा उल्लेख छ।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन साहतर्फ संकेत गर्दै गगनले पपुलिस्ट र अराजकतावादी सोचबाट सचेत रहन आग्रह गरेका छन्। उनले लोकतन्त्र र संविधानको रक्षा सबै नेपालीको साझा जिम्मेवारी भएको भन्दै त्यसलाई कमजोर बनाउने कुनै पनि प्रवृत्तिविरुद्ध एकजुट हुन आह्वान गरेका छन्।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...