News Portal

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

५१ पटक

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। सोमबार काठमाडौंमा भएको बन्दसत्रमा उनले पार्टीको संगठन, राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे आफ्नो धारणा राखेका हुन्।

प्रतिवेदन पेश गर्ने क्रममा थापाले विशेष महाधिवेशनलाई अवैधानिक भनेर उठाइएका प्रश्नहरूको पनि जवाफ दिएका छन्। उनले नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनले विशेष महाधिवेशनलाई अवैध नठहराउने स्पष्ट पारे।

उनले पार्टीभित्र भइरहेका बहस र असहमति लोकतान्त्रिक अभ्यासकै हिस्सा भएको बताए। यस्ता छलफलले कांग्रेसलाई अझ सशक्त बनाउने र सही दिशातर्फ अघि बढाउन सहयोग गर्ने उनको भनाइ थियो।

बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि अब प्रतिनिधिहरूले छलफल गर्नेछन्। पार्टी नेतृत्वले यसलाई आगामी रणनीति र संगठनात्मक सुधारको आधारका रूपमा लिएको छ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...