News Portal

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

२१४ पटक

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। सोमबार काठमाडौंमा भएको बन्दसत्रमा उनले पार्टीको संगठन, राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे आफ्नो धारणा राखेका हुन्।

प्रतिवेदन पेश गर्ने क्रममा थापाले विशेष महाधिवेशनलाई अवैधानिक भनेर उठाइएका प्रश्नहरूको पनि जवाफ दिएका छन्। उनले नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनले विशेष महाधिवेशनलाई अवैध नठहराउने स्पष्ट पारे।

उनले पार्टीभित्र भइरहेका बहस र असहमति लोकतान्त्रिक अभ्यासकै हिस्सा भएको बताए। यस्ता छलफलले कांग्रेसलाई अझ सशक्त बनाउने र सही दिशातर्फ अघि बढाउन सहयोग गर्ने उनको भनाइ थियो।

बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि अब प्रतिनिधिहरूले छलफल गर्नेछन्। पार्टी नेतृत्वले यसलाई आगामी रणनीति र संगठनात्मक सुधारको आधारका रूपमा लिएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...