News Portal

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

९५ पटक

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया आज पनि जारी रहेको छ। आइतबार मात्र २ हजार ६६२ जना प्रतिनिधिले नाम दर्ता गराएका छन्।

आइतबार प्रदेशगत रूपमा कोशीबाट ४२५, मधेसबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४ र सुदूरपश्चिमबाट १४८ जनाले नाम दर्ता गराएका थिए। त्यस्तै, उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)बाट १७८ तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ जना प्रतिनिधि दर्ता भएका छन्।

कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले नाम दर्ताका लागि आठवटा छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको छ। विशेष महाधिवेशन जिल्ला क्षेत्र ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयका अनुसार आज बिहान ८ः३० बजेदेखि नाम दर्ता पुनः सुरु गरिएको हो।

हिजो नाम दर्ता गर्न छुटेका प्रतिनिधिहरूको सहजताका लागि आज बिहान ११ बजेसम्म दर्ता प्रक्रिया निरन्तरता दिइने उनले बताए।

यसैबीच, कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आज बन्दसत्र आयोजना हुने कार्यक्रम छ। बिहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी भए पनि प्राविधिक कारणले कार्यक्रम केही समय ढिला हुने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...