News Portal

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

३१ पटक

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया आज पनि जारी रहेको छ। आइतबार मात्र २ हजार ६६२ जना प्रतिनिधिले नाम दर्ता गराएका छन्।

आइतबार प्रदेशगत रूपमा कोशीबाट ४२५, मधेसबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४ र सुदूरपश्चिमबाट १४८ जनाले नाम दर्ता गराएका थिए। त्यस्तै, उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)बाट १७८ तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ जना प्रतिनिधि दर्ता भएका छन्।

कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले नाम दर्ताका लागि आठवटा छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको छ। विशेष महाधिवेशन जिल्ला क्षेत्र ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयका अनुसार आज बिहान ८ः३० बजेदेखि नाम दर्ता पुनः सुरु गरिएको हो।

हिजो नाम दर्ता गर्न छुटेका प्रतिनिधिहरूको सहजताका लागि आज बिहान ११ बजेसम्म दर्ता प्रक्रिया निरन्तरता दिइने उनले बताए।

यसैबीच, कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आज बन्दसत्र आयोजना हुने कार्यक्रम छ। बिहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी भए पनि प्राविधिक कारणले कार्यक्रम केही समय ढिला हुने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...