News Portal

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

१३७ पटक

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ।

सभापति देउवा आज भृकुटीमण्डप जाने तयारीमा रहेको भन्ने विषयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको भन्दै देउवाका स्वकीय सचिव भानु देउवाले त्यसलाई असत्य भएको बताएका छन्।

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्दै आएको छ। सोही महाधिवेशनअन्तर्गत आज बिहान १० बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका तय गरिएको छ, जसका लागि तयारी तीव्र पारिएको छ।

बन्दसत्रलाई सम्बोधन गर्न सभापति देउवालाई सहभागी गराउन विशेष महाधिवेशन पक्षधर नेताहरूले आग्रह गरेका थिए। उनीहरूले देउवाको उपस्थितिले विशेष महाधिवेशनलाई सफल बनाउने विश्वास व्यक्त गर्दै सहभागिताका लागि अनुरोध गरेका थिए। तर सचिवालयले भने सभापति देउवा बन्दसत्रमा सहभागी नहुने स्पष्ट पारेको छ।

 

 

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...