News Portal

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

२४४ पटक

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पुस २६ गते शनिबार आफ्नो १६औँ वार्षिक साधारण सभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ। विगतमा सहकारी संस्थाहरूले साधारण सभामा राजनीतिक दलका नेताहरूलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने परम्परा रहे पनि पछिल्लो समय देखिएको सामाजिक चेतना र Gen-Z आन्दोलनको प्रभावपछि सहकारी संस्थाहरूले आफ्नै सेयर सदस्यलाई प्राथमिकतामा राख्न थालेका छन्। सोही अभ्यासअनुसार यस वर्षको साधारण सभामा संस्थाका ज्येष्ठ सेयर सदस्य धर्मचन्द राजवंशी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सुजित कुमार मण्डल, भूपेन्द्र कुमार मण्डल र पुष्पा मिश्रको उपस्थिति रहेको थियो। सभाको अध्यक्षता संस्थाका अध्यक्ष सन्तोष कुमार मण्डलले गर्नुभएको थियो।

साधारण सभामा वर्तमान परिवेशलाई ध्यानमा राख्दै Gen-Z पुस्ताका प्रतिनिधि चन्दनी यादव र नितेन्द्र मण्डललाई विशेष वक्ताका रूपमा आमन्त्रित गरिएको थियो। उनीहरूले सहकारीको व्यवस्थापन, उत्तरदायित्व, पारदर्शिता तथा सदस्यको भूमिकाबारे आफ्ना धारणा राख्दै सहकारीलाई सुधारमुखी र युवामैत्री दिशामा लैजानुपर्ने तथा थप अवसरहरू सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए।

सभामा सेयर सदस्य तथा साधारण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो। छलफलका क्रममा ग्रामलक्ष्मी सहकारीले सदस्य केन्द्रित बजारिकरणलाई आफ्नो मुख्य रणनीतिक दिशाका रूपमा अघि बढाउँदै दुग्ध, धान, मकै लगायत सदस्यद्वारा उत्पादित कृषि उपजको संगठित बजारिकरण, मूल्य सुनिश्चितता र स्थानीय बजार सुदृढीकरणमा जोड दिने स्पष्ट गरेको थियो।

कार्यक्रममा सहभागी सदस्यहरूले सहकारीलाई पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। संस्थाले आगामी दिनमा सेवा विस्तार, प्रविधिमैत्री प्रणालीको विकास तथा उत्पादनमूलक र बजारमुखी क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...