News Portal

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

५० पटक

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको छ। ४२ वर्षका तामाङ पछिल्लो समय बलिउड स्टार सलमान खान अभिनीत फिल्म ‘ब्याटल अफ गलवान’ मा अभिनय गरिरहेका थिए।

सन् २००७ मा सोनी टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ जितेपछि तामाङ अन्तर्राष्ट्रिय रूपमा परिचित भएका थिए। औपचारिक रूपमा संगीत शिक्षा नलिएका उनी यही प्रतियोगितामार्फत गायन क्षेत्रमा स्थापित भएका हुन्। शो जितेपछि उनले पोखरा र काठमाडौँमा ठूला सांगीतिक कार्यक्रम पनि गरेका थिए।

गायनसँगै उनले नेपाली चलचित्र क्षेत्रमा पनि आफ्नो पहिचान बनाएका थिए। ‘गोर्खा पल्टन’ बाट अभिनय यात्रा सुरु गरेका तामाङ ‘परदेशी’ र ‘परदेशी २’ मा मुख्य भूमिकामा देखिएका थिए। यी तीनै फिल्म दर्शकमाझ सफल मानिन्छन्।

उनका निर्माता राजेश बंशलका अनुसार तामाङ अहिले ‘ब्याटल अफ गलवान’ मा चिनियाँ सेनाको भूमिकामा देखिँदै थिए र फिल्मको डबिङ अझै बाँकी थियो। “डबिङका लागि चिनियाँ भाषा सिक्ने तयारी गर्दैछु भनेर भन्नुहुन्थ्यो,” बंशलले भने, “अचानक उनको निधनको खबरले निकै स्तब्ध बनाएको छ।”

दार्जिलिङमा जन्मिएका तामाङ भारतीय प्रहरीमा समेत कार्यरत थिए। पिताको निधनपछि उनलाई कोलकाता प्रहरीमा जागिरको अवसर मिलेको थियो। मिलनसार, सहयोगी र मेहनती स्वभावका तामाङको असामयिक निधनले नेपाली तथा भारतीय कला क्षेत्रमा शोकको माहोल छाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...