
कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण सहभागिताका साथ सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, स्वयंसेवक, रक्तदाता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा रक्तदानको महत्व, मानव जीवनमा यसको योगदान तथा सामाजिक उत्तरदायित्वबारे जानकारी गराइएको थियो। सो अवसरमा ३५ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।
कार्यक्रम सफल बनाउन आयोजक समिति, स्वयंसेवक टोली तथा चिकित्सक–प्राविधिक टिमको सक्रिय सहयोग रहेको उदयपुर मिलिजुलि समाजले जनाएको छ। समाजले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।
संस्थाका अध्यक्षले यस्ता मानवतामूलक कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।