News Portal

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

२८१ पटक

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान निरीक्षण गरेका छन्। मन्दिर दर्शनसँगै उनले प्रदेश सरकारको लगानीमा निर्माणाधीन संरचनाहरूको अवस्थाबारे स्थलगत निरीक्षण गरेका हुन्।

हजारौं भक्तजन सहभागी हुने यस धार्मिक स्थलमा शौचालयको अवस्था अव्यवस्थित देखिएपछि मन्त्री पराजुलीले सम्बन्धित ठेकेदारलाई बोलाएर साता दिनभित्र निर्माणाधीन शौचालय सञ्चालनमा ल्याउन कडा निर्देशन दिएका छन्। उनले एक सातापछि पुनः निरीक्षणमा आउने र सो समयभित्र शौचालय सञ्चालनमा नआए आवश्यक कदम चाल्ने चेतावनी पनि दिए।

पर्यटन तथा वनमन्त्री पराजुलीले आफू मन्त्री रहँदासम्म सन्सारीमाई मन्दिरलाई पर्यटनको दृष्टिले विशेष सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गरे। साथै मन्दिर परिसरमा चोरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीको खोजी तथा कडाभन्दा कडा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीलाई निर्देशन दिएको जानकारी गराएका छन्।

 

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...