News Portal

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

४१ पटक

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान निरीक्षण गरेका छन्। मन्दिर दर्शनसँगै उनले प्रदेश सरकारको लगानीमा निर्माणाधीन संरचनाहरूको अवस्थाबारे स्थलगत निरीक्षण गरेका हुन्।

हजारौं भक्तजन सहभागी हुने यस धार्मिक स्थलमा शौचालयको अवस्था अव्यवस्थित देखिएपछि मन्त्री पराजुलीले सम्बन्धित ठेकेदारलाई बोलाएर साता दिनभित्र निर्माणाधीन शौचालय सञ्चालनमा ल्याउन कडा निर्देशन दिएका छन्। उनले एक सातापछि पुनः निरीक्षणमा आउने र सो समयभित्र शौचालय सञ्चालनमा नआए आवश्यक कदम चाल्ने चेतावनी पनि दिए।

पर्यटन तथा वनमन्त्री पराजुलीले आफू मन्त्री रहँदासम्म सन्सारीमाई मन्दिरलाई पर्यटनको दृष्टिले विशेष सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गरे। साथै मन्दिर परिसरमा चोरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीको खोजी तथा कडाभन्दा कडा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीलाई निर्देशन दिएको जानकारी गराएका छन्।

 

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...