News Portal

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

५६ पटक

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार भव्य रूपमा सम्पन्न गरेको छ।

उत्सवका अवसरमा विद्यालयले आन्तरिक अतिरिक्त क्रियाकलाप, हाजिरीजवाफ प्रतियोगिता र हस्तलेखन प्रतियोगिता आयोजना गरेको थियो। साथै, विद्यार्थीहरूले मम, भक्का, पानीपुरीलगायतका परिकार तयार गरी बिक्रीसमेत गरेका थिए। कार्यक्रममा विज्ञान प्रयोगशाला सामग्री तथा लोपोन्मुख वस्तुहरूको संकलन गरी प्रदर्शनीमा राखिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालिकाकी उपप्रमुख भुमा पराजुली रहेकी थिइन् भने विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख सालिग्राम दाहाल रहेका थिए। त्यसैगरी वडा अध्यक्ष रामचन्द्र मण्डल, विद्यालयका प्रधानाध्यापक विश्व सिंह मेवाहाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेंद्र मण्डल, स्थानीय समाजसेवी मचिन्द्र कटुवाल, नेपाल शिक्षक संघ मोरङका अध्यक्ष विनोद यादव, नेपाल शिक्षक महासंघ रंगेलीका अध्यक्ष चिरञ्जीवी काफ्ले लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका पूर्व शिक्षक, वर्तमान शिक्षक तथा विभिन्न व्यक्तित्वलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै, मोफसल क्षेत्रमा रही लामो समयदेखि पत्रकारिता गर्दै आएका एभिन्युज टेलिभिजन मोरङ संवाददाता, सप्तकोशी टेलिभिजन, हिमाली सञ्चार, थारु पोर्टल अनलाइन, रंगेली अपडेट, हिमपात अनलाइन, मुलुकी खबर, आवर विराटनगर, साइनो खबरलगायत आधा दर्जनभन्दा बढी अनलाइन मिडियामा आबद्ध पत्रकार रबिन्द्र बराललाई समेत विद्यालयलेस् सम्मान गरेको छ।

कार्यक्रममा अतिथिहरूले स्थानीय सरकारले सामुदायिक विद्यालयहरूको रेखदेख गर्न थालेपछि पठनपाठन र भौतिक संरचनामा उल्लेखनीय सुधार आएको बताएका थिए।

विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक विश्व सिंह मेवाहाङले प्रस्तुत गरेका थिए। कार्यक्रममा स–साना बालबालिकाले प्रस्तुत गरेको नृत्य तथा सांस्कृतिक कार्यक्रमले उपस्थित अभिभावक र अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेको थियो।

 

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...