News Portal

धुवाँभित्र देखिएको अनुहार

५४ पटक

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले ध्यान खिच्यो। रेग्गे डान्स वारको संगीत, एकैचोटि चम्किरहेका हजारौँ बत्ती र युवायुवतीको भीडबीच एक युवकको नजर धुवाँभित्र देखिएको एउटा अनुहारमा अडियो।

क्लबभित्रको चहलपहल र संगीतसँगै युवक पनि रमाउने तयारीमा थिए। सोही क्रममा सल्काएको चुरोटको धुवाँ फैलिँदै जाँदा केही क्षणका लागि उनको दृष्टि एउटा अनुहारमा ठोक्कियो। भीडका कारण त्यो अनुहार फेरि ओझेल पर्‍यो। उत्सुकता बढ्दै जाँदा उनले धुवाँलाई नै संकेत मानेर उक्त दिशातर्फ अघि बढे।

करिब २३ वर्षकी देखिने, हल्का गहुँगोरो वर्ण, कर्ली कपाल, आँखामा काजल र सामान्य मेकअपमा सजिएकी ती युवती चुरोट तानिरहेकी थिइन्। युवकले संवाद सुरु गर्ने प्रयास गरे। सुरुमा बेवास्ता जस्तो देखिए पनि छोटो कुराकानी भयो। युवतीले आफ्नो नाम हिसा बताइन् र चुरोट कहिलेकाहीँ खुशीका लागि मात्र खाने गरेको प्रतिक्रिया दिइन्।

डान्स क्लबको माहोलमा नाच्न नझुमेको कारण सोध्दा उनले स्पष्ट जवाफ नदिएर मौनता रोजिन्। केही बेरपछि उनी उठिन् र लौरोको सहारामा अघि बढिन्। त्यसपछि मात्र युवकले ती युवती दृष्टिविहीन रहेको थाहा पाए।

युवती न बिदाइ भनिन्, न फर्किएर हेरेकी देखिइन्। त्यो क्षणले युवकलाई गहिरो भावनात्मक बनायो। केही समयमै मनमा पलाइसकेको चाहनालाई उनले आफैँसँग प्रश्न गरे— “म को हुँ र मेरो के अर्थ रह्यो?”

क्लबको भीडभित्र हराउँदै गएकी हिसाप्रति मनमा आशा भने बाँकी रह्यो—कुनै दिन फेरि भेट हुने, र त्यही धुवाँभित्र फेरि एउटा अनुहार देखिने।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...