News Portal

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

५३ पटक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता प्रयास असफल भएको छ। शनिबारसम्म भएको दुई पक्षीय छलफलमा सहमति नजुट्दा एकता टरेको रास्वपा स्रोतले पुष्टि गरेको छ।

रास्वपाका एक शीर्ष नेताका अनुसार, कुलमान पक्षले वरिष्ठ उपसभापति पदसहित पार्टीको नाम परिवर्तन र महामन्त्री पदको प्रस्ताव राखेपछि सहमति भंग भएको हो।

तीन नेताले बताए अनुसार, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसहित भएका पछिल्ला छलफलहरूमा सहमति जुट्न सकेन। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले पनि रास्वपासँग समझदारी भए पनि कार्यान्वयनमा नपुगेको बताएका थिए।

यसअघि रवि लामिछाने र बालेन शाहबीच सहमति भएको थियो भने, कुलमानलाई समेटेर अघि बढ्ने प्रयास पनि भएको थियो। तर, कुरा नमिलेपछि समानुपातिकतर्फको बन्दसूची पेश गर्ने अन्तिम समयमा मात्र कुलमानसँग सहमति भएको थियो।

जेनजी अभियन्ता सुदन गुरुङले अन्तिम समयमा कुलमान, रास्वपा र बालेनबीचको सहकार्यमा भूमिका आफूले खेलेको दाबी गरेका छन्।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...