News Portal

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

१९५ पटक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता प्रयास असफल भएको छ। शनिबारसम्म भएको दुई पक्षीय छलफलमा सहमति नजुट्दा एकता टरेको रास्वपा स्रोतले पुष्टि गरेको छ।

रास्वपाका एक शीर्ष नेताका अनुसार, कुलमान पक्षले वरिष्ठ उपसभापति पदसहित पार्टीको नाम परिवर्तन र महामन्त्री पदको प्रस्ताव राखेपछि सहमति भंग भएको हो।

तीन नेताले बताए अनुसार, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसहित भएका पछिल्ला छलफलहरूमा सहमति जुट्न सकेन। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले पनि रास्वपासँग समझदारी भए पनि कार्यान्वयनमा नपुगेको बताएका थिए।

यसअघि रवि लामिछाने र बालेन शाहबीच सहमति भएको थियो भने, कुलमानलाई समेटेर अघि बढ्ने प्रयास पनि भएको थियो। तर, कुरा नमिलेपछि समानुपातिकतर्फको बन्दसूची पेश गर्ने अन्तिम समयमा मात्र कुलमानसँग सहमति भएको थियो।

जेनजी अभियन्ता सुदन गुरुङले अन्तिम समयमा कुलमान, रास्वपा र बालेनबीचको सहकार्यमा भूमिका आफूले खेलेको दाबी गरेका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...