
काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा सुदन गुरुङबीच बिहीबार ललितपुरको ज्वागलमा भेटवार्ता भएको छ। बालेनका सहयोगी कुमार बेनको निवासमा भएको यो छलफलको विषयबस्तु अहिलेसम्म सार्वजनिक गरिएको छैन।
स्रोतका अनुसार, दुवै पक्षले यस भेटवार्तालाई निजी र अनौपचारिक भेटको रूपमा राखेका छन्। यो छलफललाई राजनीतिक तथा सामाजिक सन्दर्भमा चासोका साथ हेरिएको छ।