News Portal

  • विश्व साइकल यात्री पुष्कर शाहको पुरानो साइकल डेढ लाखमा बिक्री

    हिमाली संचार संवाददाता
    ५३७ पटक

    सिड्नी : सगरमाथा आरोही तथा विश्व साइकल यात्री पुष्कर शाहको पुरानो साइकल सिड्नीमा झण्डै डेढ लाखमा बिक्री भएको छ ।

    उनको नाममा स्थापित कोषमा सहयोगका लागि भएको रात्री भोजमा इन्द्रेणी फंसन सेन्टरले उनको साइकल एकहजार ८५० अष्ट्रेलियन डलरमा लिलाम स्वीकार गरेको हो । त्यस्तै उनको लागि सिड्नीका चित्रकारले उपहार दिएका दुई चित्रहरु पनि एक हजार ५०० र ७७० अष्ट्रेलियन डलरमा बिक्री भएका छन् ।

    करिब सयजनाको सहभागिता रहेको कार्यक्रममा खेम शर्मालगायतका युवा अभियन्ताहरुले प्रेरणादायी मन्तव्य दिएका थिए । पुष्करलाई सबैभन्दा पहिले अभियान सञ्चालनका लागि खेमले सहयोग गरेका थिए ।

    कुनै आयोजक र प्रायोजकविना स्वतस्फूर्तरुपमा भएको कार्यक्रममा प्राप्त सहयोगबाट आफूले नेपालमा एउटा क्याफे खोल्ने पुष्करले बताएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...