News Portal

विश्व साइकल यात्री पुष्कर शाहको पुरानो साइकल डेढ लाखमा बिक्री

हिमाली संचार संवाददाता
६३७ पटक

सिड्नी : सगरमाथा आरोही तथा विश्व साइकल यात्री पुष्कर शाहको पुरानो साइकल सिड्नीमा झण्डै डेढ लाखमा बिक्री भएको छ ।

उनको नाममा स्थापित कोषमा सहयोगका लागि भएको रात्री भोजमा इन्द्रेणी फंसन सेन्टरले उनको साइकल एकहजार ८५० अष्ट्रेलियन डलरमा लिलाम स्वीकार गरेको हो । त्यस्तै उनको लागि सिड्नीका चित्रकारले उपहार दिएका दुई चित्रहरु पनि एक हजार ५०० र ७७० अष्ट्रेलियन डलरमा बिक्री भएका छन् ।

करिब सयजनाको सहभागिता रहेको कार्यक्रममा खेम शर्मालगायतका युवा अभियन्ताहरुले प्रेरणादायी मन्तव्य दिएका थिए । पुष्करलाई सबैभन्दा पहिले अभियान सञ्चालनका लागि खेमले सहयोग गरेका थिए ।

कुनै आयोजक र प्रायोजकविना स्वतस्फूर्तरुपमा भएको कार्यक्रममा प्राप्त सहयोगबाट आफूले नेपालमा एउटा क्याफे खोल्ने पुष्करले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...