News Portal

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

४६९ पटक

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी नवलपुरकी पूजा परियार अन्ततः स्वदेश नेपाल फर्किएकी छन्। उनी ८ जनवरीमा नेपाल एयरलाइन्समार्फत नेपाल प्रस्थान गरेकी हुन्।

युएईको रासअल खेमास्थित एक घरमा काम गर्ने क्रममा विभिन्न समस्या झेल्नुपरेपछि गत डिसेम्बरको दोस्रो साता उनी सो घरबाट भागेर अबुधाबीस्थित नेपाली दूतावास पुगेकी थिइन्। त्यसपछि दूतावासको पहलमा उनको अस्थायी बसोबासको व्यवस्था अबुधाबीस्थित नेपाली व्यवसायी केशव कार्कीमार्फत गरिएको थियो। साथै, बिएसजी ग्रुप अफ कम्पनी, बिबिटी रेस्टुरेन्ट र सफला रेस्टुरेन्टले खाद्यान्न तथा आवास सहयोग उपलब्ध गराएका थिए।

पीडितको पासपोर्ट तथा अन्य महत्त्वपूर्ण कागजातहरू नेपाली दूतावास अबुधाबीका श्रमसहचारी जितेन्द्र लाभ कर्ण र पिआरओ मो. राजीले रासअल खेमामा पुगेर संकलन गरेका थिए। रासअल खेमाबाट अबुधाबीसम्म आउँदा लागेको ट्याक्सी खर्च भने दूतावासका श्रम काउन्सिलर दिपेन्द्र पौडेलले व्यवस्थापन गरेका थिए।

पीडितको अवस्था बुझेर स्वदेश फिर्ताको टिकट नवलपुर सेवा समाज युएईका संरक्षक सम्पत थापा र अध्यक्ष गोपाल पराजुलीको टोलीले व्यवस्थापन गरेको हो। टिकट व्यवस्थापनमा नेपाली समाज युएईका पूर्व अध्यक्ष बेदप्रसाद अर्यालले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यसैगरी, ओभरस्टे फाइन व्यवस्थापन प्रभु बैंक युएईका व्यवस्थापक, गायक तथा ज्योतिष डा. प्रकाश पौडेलको संयोजनमा अबुधाबीमा कार्यरत नेपालीहरूले गरे पनि अन्ततः पूजा परियारले कुनै जरिवाना तिर्नु नपरेको बताइएको छ। यस कारण करिब ४० हजार रुपैयाँ बराबरको रकम उनी साथमै लिएर नेपाल पुगेकी छन्।

यस समग्र उद्धार तथा स्वदेश फिर्ता अभियान नेपाली दूतावास अबुधाबीको समन्वयमा नेपाल पत्रकार महासंघ युएई शाखाका अबुधाबीस्थित एक सदस्यको संयोजनमा सम्पन्न भएको हो।

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...