News Portal

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

२२१ पटक

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी नवलपुरकी पूजा परियार अन्ततः स्वदेश नेपाल फर्किएकी छन्। उनी ८ जनवरीमा नेपाल एयरलाइन्समार्फत नेपाल प्रस्थान गरेकी हुन्।

युएईको रासअल खेमास्थित एक घरमा काम गर्ने क्रममा विभिन्न समस्या झेल्नुपरेपछि गत डिसेम्बरको दोस्रो साता उनी सो घरबाट भागेर अबुधाबीस्थित नेपाली दूतावास पुगेकी थिइन्। त्यसपछि दूतावासको पहलमा उनको अस्थायी बसोबासको व्यवस्था अबुधाबीस्थित नेपाली व्यवसायी केशव कार्कीमार्फत गरिएको थियो। साथै, बिएसजी ग्रुप अफ कम्पनी, बिबिटी रेस्टुरेन्ट र सफला रेस्टुरेन्टले खाद्यान्न तथा आवास सहयोग उपलब्ध गराएका थिए।

पीडितको पासपोर्ट तथा अन्य महत्त्वपूर्ण कागजातहरू नेपाली दूतावास अबुधाबीका श्रमसहचारी जितेन्द्र लाभ कर्ण र पिआरओ मो. राजीले रासअल खेमामा पुगेर संकलन गरेका थिए। रासअल खेमाबाट अबुधाबीसम्म आउँदा लागेको ट्याक्सी खर्च भने दूतावासका श्रम काउन्सिलर दिपेन्द्र पौडेलले व्यवस्थापन गरेका थिए।

पीडितको अवस्था बुझेर स्वदेश फिर्ताको टिकट नवलपुर सेवा समाज युएईका संरक्षक सम्पत थापा र अध्यक्ष गोपाल पराजुलीको टोलीले व्यवस्थापन गरेको हो। टिकट व्यवस्थापनमा नेपाली समाज युएईका पूर्व अध्यक्ष बेदप्रसाद अर्यालले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यसैगरी, ओभरस्टे फाइन व्यवस्थापन प्रभु बैंक युएईका व्यवस्थापक, गायक तथा ज्योतिष डा. प्रकाश पौडेलको संयोजनमा अबुधाबीमा कार्यरत नेपालीहरूले गरे पनि अन्ततः पूजा परियारले कुनै जरिवाना तिर्नु नपरेको बताइएको छ। यस कारण करिब ४० हजार रुपैयाँ बराबरको रकम उनी साथमै लिएर नेपाल पुगेकी छन्।

यस समग्र उद्धार तथा स्वदेश फिर्ता अभियान नेपाली दूतावास अबुधाबीको समन्वयमा नेपाल पत्रकार महासंघ युएई शाखाका अबुधाबीस्थित एक सदस्यको संयोजनमा सम्पन्न भएको हो।

 

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...