News Portal

मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरे ८ निर्णय

२४७ पटक

काठमाडौं, २१ पुष – सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आठ महत्वपूर्ण निर्णय गरेको छ। बैठकपछि प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले निर्णयहरू सार्वजनिक गरेका छन्।

बैठकको निर्णयअनुसार, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा ओम बहादुर खड्कालाई बढुवा गरिने भएको छ। समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि व्यवस्थापन समितिमा कुलप्रसाद न्यौपाने मनोनित भएका छन्।

त्यस्तै, जेनजी सहिद परिवारको कल्याणका लागि जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरिएको छ। अन्तर्राष्ट्रिय समझदारीका क्षेत्रमा नेपाल र ओमान सरकारबीच समझदारीपत्र तथा नेपाल–इजरायल सरकारबीच श्रम सम्झौता स्वीकृत भएको छ।

अर्का निर्णयअनुसार, पेट्रोलमा इथानोल मिश्रण गर्ने आदेश २०८२, वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने र नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फ उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय पनि भएको छ।

यी निर्णयहरूले सरकारी प्रशासन, सहकारी व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यमा नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...