News Portal

मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरे ८ निर्णय

८९ पटक

काठमाडौं, २१ पुष – सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आठ महत्वपूर्ण निर्णय गरेको छ। बैठकपछि प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले निर्णयहरू सार्वजनिक गरेका छन्।

बैठकको निर्णयअनुसार, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा ओम बहादुर खड्कालाई बढुवा गरिने भएको छ। समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि व्यवस्थापन समितिमा कुलप्रसाद न्यौपाने मनोनित भएका छन्।

त्यस्तै, जेनजी सहिद परिवारको कल्याणका लागि जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरिएको छ। अन्तर्राष्ट्रिय समझदारीका क्षेत्रमा नेपाल र ओमान सरकारबीच समझदारीपत्र तथा नेपाल–इजरायल सरकारबीच श्रम सम्झौता स्वीकृत भएको छ।

अर्का निर्णयअनुसार, पेट्रोलमा इथानोल मिश्रण गर्ने आदेश २०८२, वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने र नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फ उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय पनि भएको छ।

यी निर्णयहरूले सरकारी प्रशासन, सहकारी व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यमा नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...