News Portal

सद्भाव बचतद्वारा राहत वितरण, समाचारको प्रभाव

१६० पटक

रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको सुनवर्षी नगरपालिका वडा नं. ८ स्थित बुधबारी चोक नजिक विगत ८० वर्षदेखि ५ धुर जग्गामा बसोबास गर्दै आएका जागेश्वर कामत र उनकी श्रीमती फूलदेवी कामत वृद्ध अवस्थामा रहे पनि पालनपोषण गर्ने कोही नहुँदा बिचल्लीमा परेका थिए।

उक्त अवस्थाबारे हिमाली सञ्चार, एभिन्युज टेलिभिजन तथा विभिन्न अनलाइन माध्यममा समाचार सम्प्रेषण भएपछि सो परिवारलाई खाद्यान्न राहत हस्तान्तरण गरिएको हो।

रङ्गेली–७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले पीडामा परेका तथा गरिब परिवारलाई विभिन्न समयमा सहयोग गर्दै आएको छ। सोही क्रममा उक्त परिवारलाई चामल, तेल, नुन, मसला, चिनी, चिया पत्ती, साबुन लगायतका सामग्री वितरण गरिएको छ।

राहत वितरण कार्यक्रममा संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर, श्रीप्रसाद ठाकुर, चन्दन मण्डल, पत्रकार बिरेन्द्र साह, एभिन्युजका रबिन्द्र बराल तथा स्थानीय मोहताव आलम लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

काठमाडौंः साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट...

आज २०८२ साल फागुन १९ गतेको राशिफल

आज फागुन १९, २०८२ ( मार्च ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी क्षेत्रमा युद्धको छायाँ, कुवेतमा अमेरिकी सैन्य विमान दुर्घटना

इरान र इजरायलबीचको चर्किंदो सैन्य तनावले खाडी क्षेत्रको सुरक्षा अवस्था थप अस्थिर बन्दै गएको छ।...

कवेतमा उच्च सतर्कता, जनजीवन सामान्य

कुवेत – पछिल्ला दिनहरूमा इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीच चर्किएको सैन्य तनावले सम्पूर्ण...

मध्यपूर्वमा तनाव चर्किने संकेत, कुवेतमा मिसाइल र ड्रोन आक्रमण विफल

कुवेत — मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतमा इरानद्वारा गरिएको मिसाइल तथा ड्रोन आक्रमणलाई यहाँका...