
रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ८ स्थित चण्डिका डिस्टिलरीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। डिस्टिलरीले हरेक वर्ष यस्ता निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ।
विराट आँखा अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको डिस्टिलरीका म्यानेजर ओमकार थापाले जानकारी दिए। उक्त शिविरमा १३५ जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए।
आँखा जाँचका क्रममा १५ जनामा मोतियाबिन्दु, मासु पलाउने, नशा सुकेको समस्या देखिएको तथा उमेर अनुसार चस्मा लगाउनुपर्ने अवस्था पाइएको थियो। उनीहरूलाई थप उपचारका लागि विराट आँखा अस्पतालमा निःशुल्क उपचार गरिने गरी रिफर गरिएको छ।
शिविरमा विराट आँखा अस्पतालका डाक्टर सबिन केसी, अरुण चौधरी लगायतको टोलीले बिरामीहरूको उपचार गरेको थियो। विराट आँखा अस्पतालका डाक्टरहरूको सहयोगमा उक्त शिविर सफलतापूर्वक सञ्चालन गरिएको हो।
