News Portal

कुवेतमा विदेशीका लागि नयाँ आवासीय कानून लागू, तलब सीमा र भिसा सर्त कडा

३२९ पटक

कुवेत सिटी – कुवेत सरकारले लागू गरेको नयाँ विदेशी आवासीय कानूनअन्तर्गत कामदार, विद्यार्थी, लगानीकर्ता तथा विदेशी पति/पत्नीहरूका लागि विभिन्न धाराहरू पुनःसंरचना गरिएको छ।कुवेतको जहरा आवासीय मामिला निर्देशनालयका निर्देशक कर्नल तुर्की अल–सादौनले नयाँ कानूनले विदेशी लगानीकर्ता तथा सम्पत्ति मालिकसम्बन्धी व्यवस्थालाई अझ स्पष्ट, व्यवस्थित र पारदर्शी बनाएको जानकारी दिएका छन्।

नयाँ आवासीय कानूनका प्रमुख धाराहरू

धारा २० : घरेलु कामदार

धारा २१ : विदेशी लगानीकर्ता

धारा २२ : पारिवारिक पुनर्मिलन (पति/पत्नी र सन्तान)

धारा २३ : कुवेत विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी

धारा २४ : स्व–प्रायोजित (ज्ञात आय स्रोत भएका व्यक्ति)

धारा २५ : कुवेतमा विदेशी सम्पत्ति मालिक

धारा २६ : कुवेती नागरिकका विदेशी पति/पत्नी

धारा २७ : विदेशी नागरिकका छोराछोरी

धारा २८ : बच्चा भएका विधवा वा पूर्व पत्नी

धारा २९ : आमा, दाजु–भाइ, दिदी–बहिनी लगायत अन्य आफन्तको विशेष प्रायोजन

धारा ३० : अवैध रूपमा बसोबास गरिरहेका सेवानिवृत्त सैन्य कर्मचारी

धारा ३१ : धार्मिक तथा हुसैनिया कर्मचारी

गैरकानूनी काममा कडा कारबाही

कर्नल अल–सादौनका अनुसार एउटै संस्थामा कार्यरत रहँदै अर्को कम्पनी वा व्यक्तिका लागि काम गर्नु कानुनी उल्लङ्घन मानिनेछ। यस्तो अवस्थामा निष्कासन (डिपोर्ट) सम्मको कारबाही हुन सक्ने चेतावनी दिइएको छ।

कार्य भिसाका अनिवार्य सर्तहरू

जनशक्तिको लागि सार्वजनिक प्राधिकरणमार्फत जारी हुने कार्य भिसाका लागि:

कम्तीमा ६ महिनासम्म वैध राहदानी

स्वास्थ्य बीमा ,चिकित्सा परीक्षण पास,आपराधिक रेकर्ड नभएको प्रमाण,बायोमेट्रिक औंठाछाप,उनले थप स्पष्ट पारे कि रेसिडेन्सी राहदानीको म्यादसँग होइन, स्वास्थ्य बीमाको वैधतासँग जोडिएको हुन्छ।पर्यटक तथा पारिवारिक भ्रमण भिसा,पर्यटक भिसा : “Kuwait Visa” प्लेटफर्ममार्फत आवेदन आदि।

पारिवारिक भ्रमण भिसा :१ महिनाको बसाई आवश्यकताअनुसार ३ महिनासम्म विस्तार पारिवारिक पुनर्मिलनका लागि तलब सीमाश्रीमती र छोराछोरीलाई मात्र प्रायोजन गर्न:न्यूनतम मासिक तलब : ८०० केडी रेसिडेन्सी नवीकरणमा रोक लाग्न सक्ने कारण सहेल प्लेटफर्ममा प्रक्रिया अपूर्ण हुन नयाँ चिकित्सा परीक्षण वा औंठाछाप अद्यावधिक नभएको प्रायोजकविरुद्ध जारी प्रवर्तन आदेश रेसिडेन्सी प्रकार परिवर्तन हुने।

 

 

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...