News Portal

कुवेतमा तमु प्ये ल्हु संघद्वारा तमु ल्होसार जनवरी ९ भब्य रूपमा मनाइने

१५३ पटक

कुवेत – तमु प्ये ल्हु संघ, कुवेतले यसपाली पनि तमुहरुको महान चाड “तमु ल्होसार (सप्हृी)” सर्प वर्षको बिदाई र घोडा वर्षको स्वागत भब्यरूपमा मनाउने तयारी गरेको छ।

संघका अध्यक्ष केश प्हच्यु तमुका अनुसार, कार्यक्रम जनवरी ९, २०२६, शुक्रबार सल्मिया गोर्खा किचनमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा तमु समुदायका स्थानीय कलाकारहरूले आफ्नो मौलिक पहिचान झल्काउने नृत्य र गीत प्रस्तुतीमार्फत उपस्थित अतिथिहरूलाई मनोरञ्जन दिनेछन्।

संघले “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व हराउँछ” भन्ने मुल नारा सहित तमु धर्म, संस्कार र संस्कृति संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको छ।

कुवेतमा कृयाशिल तमु संघ-संस्थाका पदाधिकारी, बुद्धिजीवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीलाई कार्यक्रममा सहभागिता जनाउन संघले हार्दिक अनुरोध गरेको छ।

आयोजक: तमु प्ये ल्हु संघ, कुवेत परिवार
मिति: जनवरी ९, २०२६ (शुक्रबार)
स्थान: सल्मिया गोर्खा किचन
समय: दिउँसो १२ बजे

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...