News Portal

कुवेतमा तमु प्ये ल्हु संघद्वारा तमु ल्होसार जनवरी ९ भब्य रूपमा मनाइने

३६४ पटक

कुवेत – तमु प्ये ल्हु संघ, कुवेतले यसपाली पनि तमुहरुको महान चाड “तमु ल्होसार (सप्हृी)” सर्प वर्षको बिदाई र घोडा वर्षको स्वागत भब्यरूपमा मनाउने तयारी गरेको छ।

संघका अध्यक्ष केश प्हच्यु तमुका अनुसार, कार्यक्रम जनवरी ९, २०२६, शुक्रबार सल्मिया गोर्खा किचनमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा तमु समुदायका स्थानीय कलाकारहरूले आफ्नो मौलिक पहिचान झल्काउने नृत्य र गीत प्रस्तुतीमार्फत उपस्थित अतिथिहरूलाई मनोरञ्जन दिनेछन्।

संघले “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व हराउँछ” भन्ने मुल नारा सहित तमु धर्म, संस्कार र संस्कृति संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको छ।

कुवेतमा कृयाशिल तमु संघ-संस्थाका पदाधिकारी, बुद्धिजीवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीलाई कार्यक्रममा सहभागिता जनाउन संघले हार्दिक अनुरोध गरेको छ।

आयोजक: तमु प्ये ल्हु संघ, कुवेत परिवार
मिति: जनवरी ९, २०२६ (शुक्रबार)
स्थान: सल्मिया गोर्खा किचन
समय: दिउँसो १२ बजे

 

 

प्रतिकृया दिनुहोस्

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ टुंगियो, आदेशको पर्खाइ

काठमाडौं, फागुन १९ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’...