News Portal

मोरङ आमाको उपचारका लागि परिवार आर्थिक संकटमा

१५७ पटक

मोरङ, – मोरङको धनपालथान गाउँपालिका–४ स्थित नहरटोलमा बसोबास गर्ने रमा परियारको उपचारका लागि उनका छोराले ६ लाख रुपैयाँ ऋण लिए पनि आमाको स्वास्थ्य अवस्था सुधार भएको छैन।

विगत दुई महिनाअघि सामान्य बिरामीको उपचारका क्रममा डाक्टरले टाउकोको नक्सा सुकेको पत्ता लगाएका थिए। अहिले रमा परियारको थप उपचारका लागि आर्थिक स्रोत अभाव हुँदा घरमै अक्सिजन दिइ राख्न बाध्य भएको परिवारले जानकारी दिएको छ।

परिवारका प्रमुख प्रभु परियारले बताएअनुसार, उनीहरूले मोरङ सहकारी अस्पताल र ग्रिनक्रस अस्पतालमा उपचार गराए पनि खर्च उच्च भएका कारण अहिले व्यवसाय बन्द गरेर घरमै आमाको हेरचाह गर्नुपर्ने बाध्यता छ। घरमा तीन दिदीबहिनीसहित १० जनाले बसोबास गर्दै आएका छन्।

प्रभुले देश–विदेशमा रहेका शुभेच्छुकहरूसँग आमाको उपचार र परिवारको दैनिक खर्चमा सहयोगको अपील गरेका छन्।तल दिएको बैंक खातामा यहाँहरुले सहयोग गर्न सक्नुहुनेछ।

प्रतिकृया दिनुहोस्

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...