News Portal

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

२१६ पटक

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे अवतरण गर्ने क्रममा रनवे पार गर्दै पूर्वतर्फ करिब ३०० मिटर अगाडि पुगेपछि घाँसे झाडी र माटोमा भासिएर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

विमानमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए। दुर्घटनामा ललितपुर–४ का २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठसहित छ जना यात्रु घाइते भएका हुन्।

घाइते सबैलाई तत्काल उद्धार गरी भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल लगिएको थियो। टाउको र अनुहारमा चोट लागेका को–पाइलट श्रेष्ठको उपचार भइरहेको छ भने अन्य घाइते उपचारपछि डिस्चार्ज भइसकेका छन्।

बुद्ध एयरको उक्त विमान शुक्रबार राति ८ः२३ बजे काठमाडौँबाट उडेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...