News Portal

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

२७० पटक

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा चितवनसँग सम्बन्धित उम्मेदवारको संख्या विवादास्पद बनेको छ। सूचीमा २१ जना उम्मेदवारको नागरिकता चितवनबाट जारी भएको देखिए पनि सभापति रवि लामिछानेले वास्तविकतामा चितवनबाट मात्र चार जना उम्मेदवार रहेको दाबी गरेका छन्।

लामिछानेले पार्टीको आधिकारिक सूची देखाउँदै भने कि चितवनका चार जना मात्रै सूचीमा छन्, बाँकी उम्मेदवारहरू काठमाडौं लगायत अन्य जिल्लाबाट हुन्। चितवनका जिल्ला सभापति कृष्ण भूषालले पनि यसलाई पुष्टि गर्दै डा. मनोहर प्रधान, समिना मिया, प्रभा ढकाल र सरला लामिछानेमात्र चितवनका मतदाता भएको जानकारी दिए।

सूचीमा उल्लेखित अन्य उम्मेदवारको नागरिकता चितवनबाट जारी भए पनि उनीहरू यहाँका मतदाता नभएको खुलेको छ। वर्ग अनुसार हेर्दा, आदिवासी जनजाति र पुरुष क्लस्टरमा ५ जना, खसआर्य पुरुषतर्फ ७ जना, र खसआर्य महिलातर्फ ८ जनाको नागरिकता चितवनबाट जारी भएको देखिन्छ।

यसले आगामी निर्वाचन तयारीमा थप प्रश्नहरू सिर्जना गरेको छ।

प्रतिकृया दिनुहोस्

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ टुंगियो, आदेशको पर्खाइ

काठमाडौं, फागुन १९ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’...