News Portal

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

४० पटक

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य र भ्रामक बताएका छन्। सञ्चारमाध्यममा योजनाबद्ध रूपमा गलत सूचना फैलाएर आफ्नो छवि बिगार्ने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका हुन्।

घिसिङका अनुसार समाचारमा ‘भान्जा’ र ‘ससुरा’ भनेर उल्लेख गरिएका व्यक्ति उनका नातेदार होइनन्। ती व्यक्ति उज्यालो नेपाल पार्टीको तर्फबाट सिफारिस भएका पनि नभएको उनले स्पष्ट पारे। समानुपातिक सूची कुनै व्यक्ति विशेषको दबाब वा इच्छाअनुसार नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको उनको दाबी छ।

सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद र कृपावादविरुद्ध आफू निरन्तर उभिँदै आएको उल्लेख गर्दै उनले तथ्य नबुझी फैलाइने हल्ला र आरोप दुःखद भएको बताए। राजनीतिमा असहमति स्वाभाविक भए पनि झूट र भ्रम फैलाएर बदनाम गराउने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ।

बन्दसूचीमा देखिएका प्राविधिक त्रुटि भए निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सच्याइने प्रतिबद्धता जनाउँदै घिसिङले पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा आफू दृढ रहेको बताएका

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...