News Portal

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

२१२ पटक

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा बसोबास गर्दै आएका जागेश्वर कामत र उनकी श्रीमती फूलादेवी कामत बुढेसकालमा गम्भीर समस्यामा परेका छन्। शारीरिक रुपमा अस्वस्थ श्रीमानको अवस्था र आर्थिक कठिनाइका कारण दम्पत्तिलाई दुई छाक टार्नसमेत मुस्किल परेको छ।

३ छोराछोरी र २ छोरी भए पनि कसैले हेरचाह नगरेको पीडा फूलादेवी कामतले व्यक्त गरिन्। “दुख गरेर हुर्कायौँ, तर अब बुढेसकालमा कोही फर्केर हेर्दैन,” उनी भन्छिन्। एक छोरी दिल्ली र अर्को गोविन्दपुरमा भए पनि भेटघाट र सहयोग पाउन नसकेको उनले बताइन्।

दैनिक जीवन कष्टकर बनेको यो दम्पत्तिले बाँसको टाटिमा, टिनको छानामुनि वर्षामा पानी चुहिने घरमा बस्नुपर्छ। जाडोमा चिसो भुइँमा सामान्य लुगा ओछ्याएर रात बिताउनुपर्ने बाध्यता छ। घरभित्र सञ्चालन भइरहेको सानो चियापसलनै अहिले उनको मुख्य सहारा बनेको छ।

घर खर्च धान्न गाउँबाट लिएको १० हजार रुपैयाँ ऋणसमेत तिर्न नसकिएको गुनासो छ, साथै स्थानीय तहमैबाट सहयोग नपाएको उनीहरुको दाबी छ।
यस्ता समस्यामा परेकालाई समुदाय, वडा र मनकारी व्यक्तिहरुले सहयोगका लागि हात अघि बढाउनुपर्ने स्थानीय बासिन्दाहरूको धारणा छ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...