News Portal

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

२१८ पटक

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले पार्टीभित्र विवादको बिषय बनेको छ । पार्टीले प्राइमरी चुनाव (आन्तरिक प्राथमिकता प्रयोग) मार्फत लोकप्रिय मत ल्याएका थुप्रै नेताहरुलाई सूचीमा पछि राखेर, कम मत ल्याएका नेताहरुलाई अगाडि राखेपछि भाँडभैलो धेरै बढेको छ ।

सबैभन्दा धेरै  विरोध रमेश प्रसाई प्रति उठेको छ ।प्राइमरी चुनावमा १ नम्बरमा आउने प्रसाईलाई, पार्टीले स्वतन्त्र रुपमा तयार गरेको बन्द सूचीमा पाँचौँ नम्बरमा राखिएको छ ।
प्रसाई लामो समयदेखि पार्टी र रवि लामिछानेको नजिकका कार्यकर्ता रहेर काम गर्दै आएका थिए । तर हालको बन्द सूचिले उनलाई पिडा पुगेको र उनी असन्तुष्ट रहेको बताइएको छ ।

उनै स्थानमा, विपिन आचार्यलाई प्राइमरीमा ७ नम्बर आए पनि पार्टीले १ नम्बरमा उठाएको छ, जसले असन्तुष्टतालाई अझ बलियो बनाएको छ ।त्यस्तै चन्द्र ढकालका छोरा सचिन ढकाल र अन्य नेताहरुको सूची पनि फेरबदल गरिएको छ भन्ने आवाज उठिरहेको छ ।

खस–आर्य महिला समूहमा पनि विवाद खस–आर्य महिला तर्फ सर्वाधिक मत ल्याएकी रञ्जु दर्शनालाई सूचीमा पछाडि राखेर १० नम्बरमा राखिएको छ ।
सूचीमा पहिलो नम्बरमा सहप्रवक्ता प्रतिभा रावल, दोस्रोमा विदुषी राणा देखिएका छन् ।
रञ्जुको पछाडि राखिएको निर्णयले पनि पार्टीभित्र गुनासो बढेको छ ।

दलित र महिला प्रतिनिधित्वमा फेरबदल:दलित तर्फ प्राइमरीमा सर्वाधिक मत ल्याएका विजय जैरुलाई बन्द सूचीमै समावेश नगर्नु पनि विवादको विषय बनेको छ ।
दले दलित तर्फ रुपक विश्वकर्मालाई पहिलो स्थानमा राखिएको छ भने महिलातर्फ रिमा विश्वकर्मालाई पहिलो नम्बरमा अघि सारिएको छ ।

समग्र समीक्षा:पार्टी एकता पश्चात् राजपा–उज्यालो नेपाल, र बालेन शाह समूहलाई समेटेर तयार गरिएको समानुपातिक उम्मेदवार सूचीमा चलचित्र कलाकार प्रकाश सपुत, क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्ल जस्ता चर्चित नामहरु पनि समावेश छन् ।

सोमबार राजसपाले कुल ११० जनाको नामावली निर्वाचन आयोगमा पेश गरेको छ ।तर प्राइमरी इलेक्सनको नतिजा अनुसार सूची टुंगो नलागेको, र पार्टी कार्यकर्तामाझ असन्तुष्टि फैलिएको विषयले राजपा भित्र आगामी दिनमा थप कदम चाल्न सक्ने संकेत देखिएको छ ।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...