News Portal

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

५८ पटक

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले पार्टीभित्र विवादको बिषय बनेको छ । पार्टीले प्राइमरी चुनाव (आन्तरिक प्राथमिकता प्रयोग) मार्फत लोकप्रिय मत ल्याएका थुप्रै नेताहरुलाई सूचीमा पछि राखेर, कम मत ल्याएका नेताहरुलाई अगाडि राखेपछि भाँडभैलो धेरै बढेको छ ।

सबैभन्दा धेरै  विरोध रमेश प्रसाई प्रति उठेको छ ।प्राइमरी चुनावमा १ नम्बरमा आउने प्रसाईलाई, पार्टीले स्वतन्त्र रुपमा तयार गरेको बन्द सूचीमा पाँचौँ नम्बरमा राखिएको छ ।
प्रसाई लामो समयदेखि पार्टी र रवि लामिछानेको नजिकका कार्यकर्ता रहेर काम गर्दै आएका थिए । तर हालको बन्द सूचिले उनलाई पिडा पुगेको र उनी असन्तुष्ट रहेको बताइएको छ ।

उनै स्थानमा, विपिन आचार्यलाई प्राइमरीमा ७ नम्बर आए पनि पार्टीले १ नम्बरमा उठाएको छ, जसले असन्तुष्टतालाई अझ बलियो बनाएको छ ।त्यस्तै चन्द्र ढकालका छोरा सचिन ढकाल र अन्य नेताहरुको सूची पनि फेरबदल गरिएको छ भन्ने आवाज उठिरहेको छ ।

खस–आर्य महिला समूहमा पनि विवाद खस–आर्य महिला तर्फ सर्वाधिक मत ल्याएकी रञ्जु दर्शनालाई सूचीमा पछाडि राखेर १० नम्बरमा राखिएको छ ।
सूचीमा पहिलो नम्बरमा सहप्रवक्ता प्रतिभा रावल, दोस्रोमा विदुषी राणा देखिएका छन् ।
रञ्जुको पछाडि राखिएको निर्णयले पनि पार्टीभित्र गुनासो बढेको छ ।

दलित र महिला प्रतिनिधित्वमा फेरबदल:दलित तर्फ प्राइमरीमा सर्वाधिक मत ल्याएका विजय जैरुलाई बन्द सूचीमै समावेश नगर्नु पनि विवादको विषय बनेको छ ।
दले दलित तर्फ रुपक विश्वकर्मालाई पहिलो स्थानमा राखिएको छ भने महिलातर्फ रिमा विश्वकर्मालाई पहिलो नम्बरमा अघि सारिएको छ ।

समग्र समीक्षा:पार्टी एकता पश्चात् राजपा–उज्यालो नेपाल, र बालेन शाह समूहलाई समेटेर तयार गरिएको समानुपातिक उम्मेदवार सूचीमा चलचित्र कलाकार प्रकाश सपुत, क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्ल जस्ता चर्चित नामहरु पनि समावेश छन् ।

सोमबार राजसपाले कुल ११० जनाको नामावली निर्वाचन आयोगमा पेश गरेको छ ।तर प्राइमरी इलेक्सनको नतिजा अनुसार सूची टुंगो नलागेको, र पार्टी कार्यकर्तामाझ असन्तुष्टि फैलिएको विषयले राजपा भित्र आगामी दिनमा थप कदम चाल्न सक्ने संकेत देखिएको छ ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...