News Portal

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

११२ पटक

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक गरेको छ। साविक नेकपा (एकीकृत समाजवादी) अन्तर्गतको प्रवासी नेपाली एकता मञ्चले २ पुरुष र २ महिला गरी कुल ४ जनाको नाम पार्टीमा पठाएको हो।

पार्टीले माग गरेको सर्कुलरअनुसार सिफारिस कार्यदल तथा पदाधिकारीको बैठकले सर्वसम्मत रूपमा नाम चयन गरेको एकता मञ्चका उपाध्यक्ष शंकर पन्तले जानकारी दिए। उनका अनुसार उम्मेदवार छनोटमा पार्टी मापदण्ड, समावेशिता र भौगोलिक प्रतिनिधित्वलाई मुख्य आधार बनाइएको छ।

पन्तका अनुसार प्रवासमा हालसम्म एकीकृत संरचना नभएकाले साविकका संरचनाले नै नाम सिफारिस गर्ने सहमति भएको हो। “पार्टीले पुस १० गते पठाएको विशेष सर्कुलरअनुसार हामीले चार जनाको नामावली पठाएका छौँ। पन्तले बताए।

नेकपाले आगामी प्रतिनिधि सभा चुनावका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फका सम्भावित उम्मेदवारका नाम पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको थियो।

सिफारिस हुने नामहरू यसप्रकार छन्:

जापानबाट – दोर्ण सिलवाल (पुरुष)

अमेरिकाबाट – सीता खरेल (महिला)

कुवेतबाट – देवशमसेर घिसिङ (पुरुष)

कतारबाट – सनोबर जँहा (महिला)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...