News Portal

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

४४१ पटक

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक गरेको छ। साविक नेकपा (एकीकृत समाजवादी) अन्तर्गतको प्रवासी नेपाली एकता मञ्चले २ पुरुष र २ महिला गरी कुल ४ जनाको नाम पार्टीमा पठाएको हो।

पार्टीले माग गरेको सर्कुलरअनुसार सिफारिस कार्यदल तथा पदाधिकारीको बैठकले सर्वसम्मत रूपमा नाम चयन गरेको एकता मञ्चका उपाध्यक्ष शंकर पन्तले जानकारी दिए। उनका अनुसार उम्मेदवार छनोटमा पार्टी मापदण्ड, समावेशिता र भौगोलिक प्रतिनिधित्वलाई मुख्य आधार बनाइएको छ।

पन्तका अनुसार प्रवासमा हालसम्म एकीकृत संरचना नभएकाले साविकका संरचनाले नै नाम सिफारिस गर्ने सहमति भएको हो। “पार्टीले पुस १० गते पठाएको विशेष सर्कुलरअनुसार हामीले चार जनाको नामावली पठाएका छौँ। पन्तले बताए।

नेकपाले आगामी प्रतिनिधि सभा चुनावका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फका सम्भावित उम्मेदवारका नाम पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको थियो।

सिफारिस हुने नामहरू यसप्रकार छन्:

जापानबाट – दोर्ण सिलवाल (पुरुष)

अमेरिकाबाट – सीता खरेल (महिला)

कुवेतबाट – देवशमसेर घिसिङ (पुरुष)

कतारबाट – सनोबर जँहा (महिला)

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...