News Portal

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

४७ पटक

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच सात बुँदे सहमति भएको घोषणा गरिएको छ। भ्रष्ट्राचारविरुद्धको जनआन्दोलनको भावना आत्मसात् गर्दै समुन्नति, सुशासन र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै नयाँ राजनीतिक मोर्चा अघि बढ्ने निर्णय भएकाे छ।

सम्झौताका मुख्य बुँदाहरु यस प्रकार छन्:

१. भ्रष्टाचार र कुशासनविरुद्ध युवाले चालेको आन्दोलनको सम्मान गर्दै घाइते तथा शहीद परिवारका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता।

२. १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय राष्ट्र बनाउने लक्ष्य सहित गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक रुपान्तरणमा समर्पित रहने।

३. एकता भएपछिको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो घण्टीको झण्डा, चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौंमा रहने।

४. नयाँ संरचनामा केन्द्रीय सभापति रवि लामिछाने, र आगामी निर्वाचनपछि संसदीय दलका नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह रहने सहमति।

५. पार्टी संरचना विस्तारमा युवा अभियन्ता तथा विज्ञहरुको समायोजन, जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छवि प्राथमिकता।

६. आगामी आमनिर्वाचनपछि निर्वाचन आयोगमा आधिकारिक अद्यावधिक प्रक्रिया अघि बढाइने।

७. ‘घण्टी’ प्रतीक र सिद्धान्तगत धारमा गोलबद्ध हुँदै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायलाई साथ दिने अन्य वैकल्पिक शक्ति र व्यक्तिहरुलाई आग्रह गर्ने पहल।

 

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...