News Portal

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

२४० पटक

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच सात बुँदे सहमति भएको घोषणा गरिएको छ। भ्रष्ट्राचारविरुद्धको जनआन्दोलनको भावना आत्मसात् गर्दै समुन्नति, सुशासन र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै नयाँ राजनीतिक मोर्चा अघि बढ्ने निर्णय भएकाे छ।

सम्झौताका मुख्य बुँदाहरु यस प्रकार छन्:

१. भ्रष्टाचार र कुशासनविरुद्ध युवाले चालेको आन्दोलनको सम्मान गर्दै घाइते तथा शहीद परिवारका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता।

२. १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय राष्ट्र बनाउने लक्ष्य सहित गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक रुपान्तरणमा समर्पित रहने।

३. एकता भएपछिको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो घण्टीको झण्डा, चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौंमा रहने।

४. नयाँ संरचनामा केन्द्रीय सभापति रवि लामिछाने, र आगामी निर्वाचनपछि संसदीय दलका नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह रहने सहमति।

५. पार्टी संरचना विस्तारमा युवा अभियन्ता तथा विज्ञहरुको समायोजन, जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छवि प्राथमिकता।

६. आगामी आमनिर्वाचनपछि निर्वाचन आयोगमा आधिकारिक अद्यावधिक प्रक्रिया अघि बढाइने।

७. ‘घण्टी’ प्रतीक र सिद्धान्तगत धारमा गोलबद्ध हुँदै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायलाई साथ दिने अन्य वैकल्पिक शक्ति र व्यक्तिहरुलाई आग्रह गर्ने पहल।

 

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...