News Portal

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

७१ पटक

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास समितिको आयोजनामा दाताहरूको सहयोगमा साना बालबालिकालाई भोजनसहित तातो न्यानो कपडा मिति २०८२ साल पौष ७ वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम गंगा–जमुना गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्री कुमार बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास समितिका अध्यक्ष प्रजुन कुमार अधिकारी, उपाध्यक्ष मिन बहादुर बानियाँ, वडा नं. १ का वडा सदस्य, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको संयुक्त सहभागिता रहेको थियो।

चिसो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्य र शिक्षामा पर्न सक्ने नकारात्मक असरलाई मध्यनजर गर्दै सहयोग र सद्भावनाको माध्यमबाट सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

यस कार्यक्रमका लागि सहयोग पुर्‍याउने दाताहरूमा प्रभाकर अधिकारी, कमला बस्नेत अधिकारी, गीता अधिकारी, मञ्जु अधिकारी थापा, हरि बानियाँ, टेकबहादुर र बाली, वडा नं. ५ का अध्यक्ष कुमार अधिकारी, निराकर घिमिरे, प्रतिभा अधिकारी तथा ठोट्नेपानी व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार अधिकारी रहनुभएको छ।

दुर्गम क्षेत्रमा जाडोको समयमा विद्यालयका साना भाइबहिनीहरूलाई न्यानो कपडा र भोजन वितरण गरी मानवीय संवेदनशीलता प्रस्तुत गर्ने सम्पूर्ण सहयोगी दाताहरूलाई आयोजक समितिले हृदयदेखि नै धन्यवाद ज्ञापन गरेको छ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...