News Portal

  • कविता ” मेरो पाल्पा “

    हिमाली संचार संवाददाता
    ७७८ पटक

    पाल्पामा अवस्थित एसियाकै अग्लो काठको ढोकाबाट मेरो यात्रा सुरु हुन्छ
    प्रत्यक आलिका खुड्किला हरुमा मेरा नजरहरु ठोक्किदै जान्छन
    तलबाट माथी हेरु या वारिबाट पारी हेरु
    जता हेर्यो तेतै सुन्दर,जति हेर्यो तेति सुन्दर,
    अनायास एक वाक्य निस्किन्छ!
    आहा! मेरो पाल्पा।
    कसले दियो तिमिलाइ यति धेरै सुन्दरता?
    कसले भर्यो तिम्रो अधरमा प्राकृतिक रङ्ग?
    रानी महलको आगनमा दौडिन्छु,
    सत्यवती तालको जलमा पौडिन्छु
    र म आफैलाइ प्रकृतिको एक भाग्यशाली सन्तान सम्झिन्छु।
    जब बतासे डाडाको हावा भैरब्स्थान को तृसुलमा ठोक्किन्छ,
    अनि पाल्पाली ढाकाका पतङ्गाहरु फरफराउन थाल्छन।
    मनै उथलपुथल हुन्छ,बाध्य भएर भन्छु,
    आहा मेरो पाल्पा!
    कसले दियो तिमिलाइ यति धेरै सुन्दरता?
    कसले भर्यो तिमिभित्र अलौकिक मौलिकता?
    करुवा भरिको स्नेहको रसले पाल्पाली मनहरु सिन्चित हुन्छन।
    तानसेनको सुन्दर बस्तिले उर्जा फलाउछ।
    पर्यटकको आगमनले श्रीनगर सिङ्गारिदै जान्छ।
    पाल्पाली प्रकृति भित्र हराएको मान्छे म,अर्को वाक्य बोल्छु,
    आहा !मेरो पाल्पा।
    कसले दियो तिमिलाइ यति धेरै सुन्दरता?
    कसले भर्यो तिमी भित्र अनमोल सुहाग?
    स्याङ्ज तनहुँको छातीमा चुलुएका अग्ला नितम्वहरु रामपुर फाँटको मनोरम दृस्य सगैको १४/१५ किलोमिटर को दुरीमा रहेको हात्तिलेक जहाँबाट गोरखपुर सुनवल हरुलाई छर्लङ्ग देख्न सकिन्छ ?
    मलाइ आभाष हुन्छ सधैं माथि,सबैभन्दा माथि एक वाक्य फेरी फुत्काउछ जिब्रोले आहा मेरो पाल्पा
    कसले दियो तिमीलाई यतिधेरै सुन्दरता
    कसले भर्यो तिम्रो छातीमा दिव्य प्रकृति
    आहा मेरो पाल्पा
    धन्य मेरी आमा !

    – ओम कुमारी खाँण
    रामपुर नगरपालिका ४ पाल्पा
    हाल : युएई।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...

    मोरङ कारागारको शौचालयमा महिला बन्दी मृत फेला

    विराटनगर, भदौ ११ – जिल्ला कारागार मोरङमा एक महिला बन्दी मृत फेला परेकी छन्। बराहक्षेत्र...

    रौतहटमा रुबी साह हत्या प्रकरण : मुख्य आरोपी पासवान जलेको अवस्थामा पक्राउ

    रौतहट, भदौ ११ – रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले...

    आज २०८२ साल भदौ ११ गतेको राशिफल

    आज भदौ ११, २०८२ (अगस्त २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली उधोग,आयात कर्ता र विक्रेता माझ पुलको काम वितरक संघ र वितरकहरुले गरिरहेको छ- चन्द्र थापा

    काठमाडौं -विगतको आर्थिक मन्दिवाट मुलुकको अर्थतन्त्र लयमा फर्कदै गर्दा वितरकहरु पनि आशावादी भईरहेको वर्तमान अवस्थामा नेपालमा...