News Portal

नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

१६८८ पटक

धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा उपसभापति तथा समाजसेवी मीनबहादुर बानियाँमाथि  आक्रमण भएको छ।

स्थानीय व्यक्ति अनिलकुमार बानियाँले आफ्नो घर अगाडिबाट बाटो निर्माण गर्न नदिने भन्दै अवरोध सिर्जना गरेका थिए। उक्त क्रममा उपसभापति बानियाँमाथि गाली गलौजसहित आक्रमण भएको बताइएको छ।

गोरेटो बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र बानियाँका अनुसार, सार्वजनिक हितका लागि अघि बढाइएको योजनामा अनावश्यक अवरोध सिर्जना गरिएको छ। स्थानीयवासीहरूले सार्वजनिक बाटो निर्माणमा बाधा पुर्‍याउनु अनुचित भएको र यसले समाजमा द्वन्द्व बढाउने चेतावनी दिएका छन्।

उक्त गोरेटो बाटो निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा तीन लाख रुपैयाँ विनियोजन गरेको थियो। योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिँदै आएको छ।

यसैबीच, अनिलकुमार बानियाँविरुद्ध गङ्गाजमुना गाउँपालिका वडा नं. ५ को इलाका प्रहरी कार्यालय फुलखर्कमा ४०/५० वटा उजुरी परेका छन्। तर अहिलेसम्म यसमा कुनै कारवाही नभएको र प्रायः मेलमिलापबाट मामिला समाधान गर्ने मात्र भएको एक जना स्थानीयवासीले बताएका छन्।

अनिलकुमार बानियाँको विरुद्ध उजुरी पर्दा पनि कारवाही नहुनु र यसको आनीबानीमा परिवर्तन नआउँदा समाजमा समेत दूषित व्यक्ति सावित छ। यस्ता व्यक्तिहरू हुँदा समाजमा परिवर्तन ल्याउन गाह्रो हुनेछ ।

गाउँपालिकामा सार्वजनिक हितको योजना कार्यान्वयन गर्दा व्यक्तिगत स्वार्थको हस्तक्षेप हुनु दुखद विषय रहेको र यस विषयमा सम्बद्ध निकायको ध्यानाकर्षण आवश्यक रहेको एक जना स्थानीयवासीले बताए।  गोरेटो बाटो सर्वेक्षणको क्रममा भएको घटनामा उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र बानियाँ, वडा सदस्य ऋषि अधिकारी र इन्जिनियर घमण्ड विष्टले घटनालाई प्रत्यक्ष देखेका थिए।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १९ गतेको राशिफल

आज फागुन १९, २०८२ ( मार्च ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी क्षेत्रमा युद्धको छायाँ, कुवेतमा अमेरिकी सैन्य विमान दुर्घटना

इरान र इजरायलबीचको चर्किंदो सैन्य तनावले खाडी क्षेत्रको सुरक्षा अवस्था थप अस्थिर बन्दै गएको छ।...

कवेतमा उच्च सतर्कता, जनजीवन सामान्य

कुवेत – पछिल्ला दिनहरूमा इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीच चर्किएको सैन्य तनावले सम्पूर्ण...

मध्यपूर्वमा तनाव चर्किने संकेत, कुवेतमा मिसाइल र ड्रोन आक्रमण विफल

कुवेत — मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतमा इरानद्वारा गरिएको मिसाइल तथा ड्रोन आक्रमणलाई यहाँका...

भोलि राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिने

काठमाडौं, फागुन १८ – मंगलबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण अवलोकन गर्न सकिने भएको छ। नेपाल...