News Portal

धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

२९७ पटक

धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा स्कुल बससहित चार बस, दुई ट्रक र एक मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

प्रारम्भिक अनुसन्धानले भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि ट्रक बेकाबु भई अगाडि–पछाडिका सवारी साधनलाई एकपछि अर्को ठक्कर दिएको जनाएको छ।

दुर्घटनास्थलमा रहेका पत्रकार आशिष ठकुरीका अनुसार दुई बसका अधिकांश यात्रु घाइते भएका छन्। घाइतेहरूलाई स्थानीयको सहयोगमा उद्दार गरी नजिकका स्वास्थ्य संस्थाहरू तथा काठमाडौँतर्फ पठाइएको छ।

दुर्घटनापछि दुवै तर्फको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरी टोलीले उद्धारसँगै बाटो खुलाउने प्रयास जारी राखेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...