News Portal

धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

२२० पटक

धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा स्कुल बससहित चार बस, दुई ट्रक र एक मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

प्रारम्भिक अनुसन्धानले भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि ट्रक बेकाबु भई अगाडि–पछाडिका सवारी साधनलाई एकपछि अर्को ठक्कर दिएको जनाएको छ।

दुर्घटनास्थलमा रहेका पत्रकार आशिष ठकुरीका अनुसार दुई बसका अधिकांश यात्रु घाइते भएका छन्। घाइतेहरूलाई स्थानीयको सहयोगमा उद्दार गरी नजिकका स्वास्थ्य संस्थाहरू तथा काठमाडौँतर्फ पठाइएको छ।

दुर्घटनापछि दुवै तर्फको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरी टोलीले उद्धारसँगै बाटो खुलाउने प्रयास जारी राखेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...