News Portal

सार्क क्षेत्रमै चौथो स्थानमा नेपाल: १ लाख १५ हजारभन्दा बढी यौनकर्मी

२५६ पटक

काठमाडौं – विश्व एड्सविरुद्धको दिवस–२०२५ का अवसरमा सार्कको एचआईभी–एड्स केन्द्र, काठमाडौंमा आज आयोजित विशेष कार्यक्रममा क्षेत्रीय स्थितिबारे चकित पार्ने तथ्यांक सार्वजनिक गरिएको छ। कार्यक्रमकी उपनिर्देशक डा. राबेया सुल्तानाका अनुसार यौनकर्मीको संख्याका आधारमा नेपाल दक्षिण एसियाली देशहरूमा चौथो स्थानमा रहेको छ।

उहाँले प्रस्तुत गरेको सार्क क्षेत्रका देशहरूको तथ्यांक यसप्रकार छःभारत (१) ९ लाख ९५ हजार ५०० यौनकर्मी (२) पाकिस्तान : २ लाख २८ हजार ८०० (३) बंगलादेश : (४) १ लाख ६१ हजार ८०० नेपाल : १ लाख १५ हजार ९०० (५)भुटान : ६००(६) माल्दिभ्स : तथ्यांक उपलब्ध छैन।

उपनिर्देशक सुल्तानाका अनुसार यौनकर्मीहरूको संख्या र एचआईभी संक्रमणबीच प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै क्षेत्रीय स्तरमा रोकथाम, सचेतना तथा पहुँचयोग्य उपचार सेवाको विस्तार अपरिहार्य भएको बताइयो। नेपालमा जोखिम समूह पहिचान, सुरक्षित व्यवहार, उपचारमा पहुँच र सामाजिक कलंक घटाउने कार्यलाई अझ मजबुत बनाउनु पर्नेमा कार्यक्रम सहभागीले जोड दिएका थिए।

उहाँले थप खुलासा गर्दै भनिन्, यौनकर्मीहरूको तथ्यांक केवल संख्या मात्र होइन, सामाजिक तथा स्वास्थ्य जोखिमको सूचक पनि हो। यी समूहहरूलाई लक्षित हस्तक्षेपमार्फत रोकथामका कार्यक्रमलाई प्रभावकारी बनाइनुपर्छ।

विश्व एड्स दिवसको नारालाई स्मरण गर्दै कार्यक्रमले एचआईभी संक्रमण अन्त्य गर्न सबै सरकार, संस्थाहरू र समुदायबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...