News Portal

सार्क क्षेत्रमै चौथो स्थानमा नेपाल: १ लाख १५ हजारभन्दा बढी यौनकर्मी

१३९ पटक

काठमाडौं – विश्व एड्सविरुद्धको दिवस–२०२५ का अवसरमा सार्कको एचआईभी–एड्स केन्द्र, काठमाडौंमा आज आयोजित विशेष कार्यक्रममा क्षेत्रीय स्थितिबारे चकित पार्ने तथ्यांक सार्वजनिक गरिएको छ। कार्यक्रमकी उपनिर्देशक डा. राबेया सुल्तानाका अनुसार यौनकर्मीको संख्याका आधारमा नेपाल दक्षिण एसियाली देशहरूमा चौथो स्थानमा रहेको छ।

उहाँले प्रस्तुत गरेको सार्क क्षेत्रका देशहरूको तथ्यांक यसप्रकार छःभारत (१) ९ लाख ९५ हजार ५०० यौनकर्मी (२) पाकिस्तान : २ लाख २८ हजार ८०० (३) बंगलादेश : (४) १ लाख ६१ हजार ८०० नेपाल : १ लाख १५ हजार ९०० (५)भुटान : ६००(६) माल्दिभ्स : तथ्यांक उपलब्ध छैन।

उपनिर्देशक सुल्तानाका अनुसार यौनकर्मीहरूको संख्या र एचआईभी संक्रमणबीच प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै क्षेत्रीय स्तरमा रोकथाम, सचेतना तथा पहुँचयोग्य उपचार सेवाको विस्तार अपरिहार्य भएको बताइयो। नेपालमा जोखिम समूह पहिचान, सुरक्षित व्यवहार, उपचारमा पहुँच र सामाजिक कलंक घटाउने कार्यलाई अझ मजबुत बनाउनु पर्नेमा कार्यक्रम सहभागीले जोड दिएका थिए।

उहाँले थप खुलासा गर्दै भनिन्, यौनकर्मीहरूको तथ्यांक केवल संख्या मात्र होइन, सामाजिक तथा स्वास्थ्य जोखिमको सूचक पनि हो। यी समूहहरूलाई लक्षित हस्तक्षेपमार्फत रोकथामका कार्यक्रमलाई प्रभावकारी बनाइनुपर्छ।

विश्व एड्स दिवसको नारालाई स्मरण गर्दै कार्यक्रमले एचआईभी संक्रमण अन्त्य गर्न सबै सरकार, संस्थाहरू र समुदायबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...