News Portal

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरह्ने व्यवस्था लागू गर्न तयारी: मन्त्री पुन

१३१ पटक

काठमाडौं, १० मंसिर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुनुपर्ने व्यवस्था लागू गर्न आफू लागिपरेको बताएका छन्।

बुधबार त्रिभुवन विश्वविद्यालय सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले भने, “विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरह्ने कानुन ल्याउने प्रयास भइरहेको छ। यो हाम्रो पालामा अध्यादेश वा अन्य कानुनी माध्यमबाट अघि बढाइँदैछ।” उनले यस विषयमा कानुनविद्हरूसँग छलफल पनि भइरहेको जानकारी दिए।

मन्त्री पुनका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले पनि यो कदमलाई सकारात्मक रूपमा हेरिरहनुभएको छ। उनले भने, “कानुन कसरी आउँछ हेर्दैछौँ, तर यस विषयमा आवश्यक तयारी भइरहेकै छ। अब निर्णयको अन्तिम प्रक्रिया प्रधानमन्त्रीसँग पनि भइरहेको छ।”

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...