News Portal

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरह्ने व्यवस्था लागू गर्न तयारी: मन्त्री पुन

१८२ पटक

काठमाडौं, १० मंसिर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुनुपर्ने व्यवस्था लागू गर्न आफू लागिपरेको बताएका छन्।

बुधबार त्रिभुवन विश्वविद्यालय सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले भने, “विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरह्ने कानुन ल्याउने प्रयास भइरहेको छ। यो हाम्रो पालामा अध्यादेश वा अन्य कानुनी माध्यमबाट अघि बढाइँदैछ।” उनले यस विषयमा कानुनविद्हरूसँग छलफल पनि भइरहेको जानकारी दिए।

मन्त्री पुनका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले पनि यो कदमलाई सकारात्मक रूपमा हेरिरहनुभएको छ। उनले भने, “कानुन कसरी आउँछ हेर्दैछौँ, तर यस विषयमा आवश्यक तयारी भइरहेकै छ। अब निर्णयको अन्तिम प्रक्रिया प्रधानमन्त्रीसँग पनि भइरहेको छ।”

प्रतिकृया दिनुहोस्

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...