News Portal

विद्यार्थीले आफ्नै कक्षामा कांग्रेसका सांसदलाई देखेपछि…

हिमाली संचार संवाददाता
४७९ पटक

बर्दिया : प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन एमालेका उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेका नेपाली कांग्रेसका नेता सञ्जय गौतमले स्कुलका साना बालबालिकाको मन जित्ने गरेर अभियान चलाएका छन् ।

बर्दिया जिल्लाको बासगढी नगरपालिका वडा नं. ७ लक्ष्मनस्थित पूर्णहीरा माविमा सोमबार साढे १० बजे कांग्रेसका सांसद गौतम एक्कासि झुल्किएपछि विद्यार्थी र शिक्षकहरू खुसी भएका थिए ।

सांसद गौतम आएको देखेर विद्यार्थीसँगै प्रधानाध्यापक गोपाल सुवेदी पनि अचम्मित भएका थिए । सांसद गौतमले विद्यालयको शैक्षिकस्तर कसरी उकास्न सकिन्छ भनेर विद्यार्थी र शिक्षकहरूको सुझाव लिएका छन् ।

कांग्रेसका सांसद गौतमले प्रत्येक कक्षाकोठामा पसेर विद्यार्थीका समस्या पनि सुनेका छन् । भौतिक पूर्वाधार तथा शैक्षिक सामग्री अभाव हुँदा पनि कतैबाट सहयोग नभएको भन्दै विद्यार्थील दुःख व्यक्त गरेका छन् ।

कांग्रेसका सांसद गौतमले विद्यालय र विद्यार्थीका लागि आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएपछि विद्यार्थी खुसीले गदगद् भएका छन् । विद्यालयमा कक्षा ९ मा अध्ययनरत रामबहादुर चौधरीले खुसी हुँदै आफूहरूको समस्या सुनेका सांसद गौतमले सहयोग गर्ने अपेक्षा लिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...